२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

एनआईसी एशिया बैंकले ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै

एनआईसी एशिया बैंकले ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो ।

ऋणीले लिएको कर्जा बैंकसँगको सम्झौताको शर्त बमोजिम नबुझाएको हुँदा कर्जाको सुरक्षण बापत धितो लेखिदिएको चल अचल सम्पति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा बिक्री गर्ने भएको हो । बैंकले कर्जामा राखिएको धितो (सवारी) बिक्री गरेर आफ्नो रकम असुल गर्ने भएको हो ।

उक्त सवारी साधन गोप्य शिलबन्दी बोलपत्र मार्फत खरिद गरी लिन इच्छुक ब्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघ संस्थाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । लिलाम प्रक्रियाबाट धितोमा रहेको सवारी साधन बिक्री नभएमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, बैंक तथा वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ सो को नियमावली, २०५९ तथा प्रचलित कानून बमोजिम ऋणी तथा जमानीकर्ताको अन्य चल अचल जायजेथा, श्रीसम्पत्तिबाट समेत बाँकी लेना रकम असुल उपर गरिने बैंकले जनाएको छ । साथै ऋणी र जमानकर्ता सबैलाई कर्जा सूचना केन्द्रमा कालोसूचीको लागि सिफारिस गरिने बताएको छ ।
साथै उक्त सवारी साधन बैंकको नाममा दर्ता रहेको र सो सवारी साधनको स्वामित्व बैंकमा रहेकोले कसैले अनधिकृत रुपमा प्रयोग गरेका छन् भने यथासिघ्र बैंकमा बुझाउन बैंकले आग्रह गरेको छ । अन्यथा अनधिकृत रुपमा बैंकको सवारी साधन प्रयोग गरेको भेटिएमा प्रचलित कानून बमोजिम कारवाही गर्ने बैंकले चेतावनी दिएको छ ।

बैंकले काठमाडौं महानगरपालिका १४ स्थित रहेको अर्याल फेन्सी स्टोरका सञ्चालक ऋषि प्रसाद अर्यालले धितोमा राखेको डट्सुन रेडी गो मोडलको बा २० च ७५८ नम्बरको सवारी र अर्याल फेन्सी स्टोरको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती उपर हाइपोथिकेशन बिक्री गर्नेछ ।
यस्तै, ऋणी मुगुमान तामाङले लिएको कर्जाको धितो हुण्डाई इओएन डीलाइटको बा २ ज ३१६५ नम्बरको सवारी सधान र वेलफेयर फर्माका प्रोप्राईटर तथा जमानीकर्ता टिकेन्द्र ओझाको हुण्डाइ क्रेटा १.६ मोडलको बा १४ च ७३७६ नम्बरको सवारी र वेलफेयर फर्माको स्वामित्वमा रहेको मालसामान तथा आय प्राप्ती हाइपोथिकेशन बिक्रीमा राखेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij