२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

एड्भान्स अटो मोवाइल्सको रेनो सर्भिस क्याम्प सञ्चालन

एड्भान्स अटो मोवाइल्सको रेनो सर्भिस क्याम्प सञ्चालन

शर्मिला शर्मा, काठमाडौं । रेनो नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले आफ्नो उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प यहि मिति फागुन १२ गते देखि संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म नेपालका विभिन्न शहरहरुमा आयोजना हुनेछ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने छन् ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘ड्राइभ बेटर, लिभ बेटर’ रहेको छ । जसले ग्राहकलाई सर्वोत्तम र अनुकरणीय सेवा दिनुका साथै मर्मतको पनि सुविधा प्रदान गर्नेछ । रेनोको सर्भिस क्याम्प देशका प्रमुख शहरहरुमा उपलब्ध हुनेछ ।

यो सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले विभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निःशुल्क दिइने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij