२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल ह्याकरको सिकार

एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल ह्याकरको सिकार

काठमाडौं । याहूले आफ्ना एक अर्बभन्दा बढी प्रयोगकर्ताको ईमेल एकाउन्टबाट ह्याकरले महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको छ ।

सन् २०१३ यता ह्याकरले आफ्ना १ अर्बभन्दा धेरै प्रयोगकर्ताको ईमेलबाट महत्वपूर्ण जानकारी चोरी गरेको जनाएको हो ।

ह्याकरले प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड र ईमेल ठेगाना चोरी गरेका हुन् । तर बैंक तथा भुक्तानी डाडा भने चोरी नभएको याहूले जनाएको छ ।

सन् २०१४ मा मात्रै ५० करोड एकाउन्ट ह्याकरको सिकार बनेको साहूको भनाइ छ ।

ह्याकरबाट आफ्ना जानकारी सुरक्षित राख्नका लागि प्रयोगकर्ताले आफ्नो पासवर्ड तथा सेक्युरिटी प्रश्न परिवर्तन गर्नुपर्ने याहूले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij