
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ।
बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।
सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ। उपराष्ट्रपति को निर्वाचन चैत ३ गते हुँदैछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij