२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मृत भनिएका उपचाररत गुल्मीका काेराेना संक्रमित बुटबलकाे क्रिमसन अस्पतालमा जीवितै

मृत भनिएका उपचाररत गुल्मीका काेराेना संक्रमित बुटबलकाे क्रिमसन अस्पतालमा जीवितै

बुटवल ।  कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भन्ने बारे अस्पतालका सञ्चालकले नै  जानकारी गराएपनि उनकाे मृत्यु नभएकाे तर अवस्था गम्भीर रहेकाे र भेन्टिलेटरमा उपचार भइरहेकाे जानकारी प्राप्त भएकाे छ ।

गुल्मी मदाने गाउँपालिका–६ का स्थानीय बासिन्दा रहेका उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको भनी अस्पतालका सञ्चालक दुर्गा पाण्डेले मन्त्री सुदर्शन वराललाइ  जानकारी गराइ शव व्यवस्थापन बारे चासाे राखेसँगै उनकाे मृत्युकाे हल्ला फैलिएकाे थियाे ।

गुल्मी मदाने–६ पुर्कोटदहमा एक  निमावि स्कुलका प्रधानाध्यापक रहेका उनी अझै बुटबलकाे क्रिमसन अस्पतालमा भेन्टिलेटरमा उपचाररत छन् ।

-सम्पादित

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij