नगरकोटमा र्याविट फार्म हाउस सञ्चालन गर्दै आएका पावल बुढाथोकी एक युवा उद्यमी तथा जागरुक कृषक हुन् । हाल नेपालमा नै रही कृषि सम्बन्धी विभिन्न नयाँ योजनाहरु अघी सारिरहेका उनी लामो समय विदेशमा बसेर काम गर्नुपर्दाको पीडालाई हृदयङ्गम गर्दै नेपालमा नै व्यावसायिक कृषिको दिशामा अघी बढेका छन् ।
उनी भन्छन्, ‘मैले वैदेशिक रोजगारको क्रममा निकै दुःख पाएँ । अहिले विदेशमा रहँदा बुनेका सपनाहरु आफ्नै देशमा सानै प्रयाशमा सफल पार्ने दिशामा अघी बढेको छु ।’
अहिले पनि नेपालीहरु सबै काम राज्यलाई नै दोष देखाएर आफू तर्कने प्रवृत्तिमा समेत उनी सन्तुष्ट छैनन् । आफूले गर्न सक्ने कामको निम्ति आफैंले प्रयाश गनुपर्ने उनको मान्यता छ । आफूले अर्थात एकजनाले मात्र नसक्ने काममा भने विचार मिल्दा व्यक्तिहरुलाई पनि साथमा लिई त्यसैअनुसार अघी बढ्नुपर्छ । अब राज्यलाई मात्र दोष दिएर नहुने समेत उनले बताए ।
आफ्नो विदेश अनुभव बारे बुढाथोकीले भने, ‘म विदेशमा रहँदा जुनसुकै बेला एसीमा नै रहेर काम गर्नुपर्ने अवस्था थियो तर नेपालमा भने एसीमा बसेर काम गर्नुपर्ने आवश्यकता नै रहँदैन । साथै नेपाल तुलनात्मक रुपमा राम्रो सम्भावना समेत भएको देश हो ।’
नेपालमा काम गर्न चाहने युवाहरुको निम्ति प्रयाप्त अवसरहरु रहेको बुढाथोकीको दृष्टिकोण छ । यसैकारण नेपालमा भएका उद्यमशिल मनसायका युवाहरुलाई संगठित गरी कृषि सम्बन्धी विभिन्न कामहरु अघी बढाउने योजनामा उनी छन् । पछिल्लो समय उनी कृषि सम्बन्धी काम गर्नको निम्ति सामुहिक लगानीको पब्लिक कम्पनी स्थापना गर्ने र त्यसै अन्तरगत किसानहरुले उत्पादन गरेका गुणस्तरीय सामानहरुको बजारीकरणको निम्ति सुपर मार्केट सञ्चालन गर्ने योजना बमोजिम उनी अघी बढेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij