काठमाडौं । उदयपुर जिल्लामा मात्रै २७ कोरोना संक्रमित भेटिएपछि स्थानीय राजनीतिक दलहरुले सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।
उदयपुरको गाइघाटमा बसेको राजनीतिक दलहरुको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन साथै उदयपुरमै परीक्षणको व्यवस्था मिलाउन संघीय सरकारसँग आग्रह गरेका हुन् । नेकपा जिल्ला अध्यक्ष विनोद कटुवाल, नेपाली कांग्रेसका जिल्ला सभापति विदुर बस्नेत, समाजवादी पार्टीका अध्यक्ष केशव मगर र राष्ट्रिय जनता पार्टीका केन्द्रीय सचिव खेमनारायण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला जनस्वास्थ्य कार्याल्य उदयपुरमै परीक्षणको व्यवस्गा मिलाउन आग्रह गरेका हुन् ।
संक्रमितको सम्पर्कमा आएका सबैको परीक्षण गर्नसमेत आग्रह गरेका छन् । उदयपुर डेन्जोर जोन बनेको भन्दै विशेष चासो दिएर उदयपुरमै परीक्षण हुनु पर्ने नेकपा अध्यक्ष कटुवालले बताए ।
हाल कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर धरान, विराटनगर तथा काठमाडौं पठाउने गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij