२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

उच्चस्तरीय छानबिन समितिबाट केसीले दिए राजीनामा

उच्चस्तरीय छानबिन समितिबाट केसीले दिए राजीनामा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको अनुसन्धानका लागि गठित उच्चस्तरीय छानबिन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एवम् समितिका सदस्य वीरेन्द्र केसीले राजीनामा दिनुभएको हो ।

उहाँले काठमाडौँमा पत्रकार सम्मेलन गरेर अब आफू समितिमा नरहेको बताउनुभयो । राजीनामा दिएपछि उनले बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय पाउन गाह्रो रहेको बताएका छन् । १५ दिने म्याद सकिएर थप १५ दिन म्याद थपेकै दिन राजीनामा दिएका उनले निर्मला प्रकरण निक्कै जटिल मोडमा रहेको पनि उल्लेख गरे ।

यही छानबिन समितिबाट निर्मलाले न्याय पाउँछिन् भन्ने मलाई विश्वास नभ​एको समेत बताए  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij