२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

ई-सेवा मनि ट्रान्स्फरका सlईओ कोइरालालाई ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ प्राप्त

ई-सेवा मनि ट्रान्स्फरका सlईओ कोइरालालाई ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ प्राप्त

 

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेस कोइरालाले ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ पाएका छन् ।  ‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’, ह्युस्टन, टेक्सस, अमेरिकाले कोइरालालाई ‘बिजनेस एक्सिलेन्स सर्टिफिकेट’ प्रदान गरेको हो ।

रेमिट्यान्स उद्योगमा २० वर्षभन्दा बढी समर्पित रहेका कोइराला असल नेतृत्वको उत्कृष्ट नमुना पनि बनेका छन् । ‘म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल’ अवार्ड-२०२२ मा ‘म्यानेजर अफ द इयर’ बाट पनि उनी सम्मानित भएका थिए।

‘वर्ल्ड कन्फेडेरेसन अफ बिजनेस’ ले विश्वभरका विभिन्न संस्थाहरूको व्यावसायिक उत्कृष्टतालाई द बिज अवार्ड, सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय व्यापार पुरस्कार प्रदान गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij