२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

इसामि फाेरमकाे कार्यक्रमबाट इन्दु लम्साल सहित विभिन्न व्यक्तिहरु सम्मानित

इसामि फाेरमकाे कार्यक्रमबाट इन्दु लम्साल सहित विभिन्न व्यक्तिहरु सम्मानित

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल सम्मानित भएकी छन् । भारतको चेन्नाईमा जारी इसामे फोरममा लम्साललाई विशेष सम्मान प्रदान गरिएको हो ।

संसारका डिष्ट्रिक्टहरु मध्ये उत्कृष्ट डिष्ट्रिक्टमा ३२५ बि १ पर्न सफल छ । इसामे फोरममा गभर्नर लम्सालसहित लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, पास्ट मल्टिपल काउन्सिल चियरपर्सन राजन लम्साल र क्याबिनेट सेक्रेटरी विनोद ढुंगाना पनि सम्मानित भएका छन् ।

लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष डा. युङ युल चोइले चारै जनालाई अवार्ड प्रदान गरेका हुन् । सम्मानले काम गर्न थप प्रोत्साहन मिलेको गभर्नर लम्सालले बताइन् । ‘डिष्ट्रिक्ट अन्तर्गतका क्लबहरु तथा क्याबिनेटमा रहेका लायन साथीहरुको साथले नै यो अवार्ड मिलेको हो,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij