२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

इनारमा खसेकाे पाँच दिनपछि जीवितै उद्धार

इनारमा खसेकाे पाँच दिनपछि जीवितै उद्धार

सर्लाही – हरिवन नगरपालिकामा पाँच दिनदेखि इनारमा खसेका एक वृद्धको आज नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

हरिवन नगरपालिका–५ घुर्कौलीका ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेनाको रणशेर गण पाँचकुमारीका जमदार हिमबहादुर तिवारी नेतृत्वको सैनिक टोलीले जीवितै उद्धार गरेको हो । गत वैशाख १२ गतेदेखि हराइरहेका जिम्बालाई आज ३० फिट गहिरो पानी सुकेको इनारमा स्थानीयवासी १३ वर्षीय विवश पाख्रिनले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्वास्थ्य अवस्था कमजोर रहेका जिम्बाको हरिवनस्थित नमूना अस्पतालमा उपचार भइरहेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij