२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आर्थिक संकट न्यूनीकरणमा सहकारी र राज्यको भुमिका

आर्थिक संकट न्यूनीकरणमा सहकारी र राज्यको भुमिका

हेमन्त घिमिरे ।

सीमित स्रोत र साधन माथी पहुँच र समान आर्थिक हैसियत भएकाहरुको साझा स‌ंस्था नै सहकारी हो। अर्को अर्थमा एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ-आफ्नो आर्थिक उन्नतीका लागि दुइ वा दुइ भन्दा बढी व्यक्तिहरू मिली आ-आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी हो ।

नेपालमा बित्तीय कारोबारको लागि बाणिज्य बैंक, बिकास बैंक, बित्तीय सस्था, लघुबित्त बिकास बैंक र सहाकारी सस्था संचालन मा रहेका छन् । तर पनि सामान्य आर्थिक हैसियत भएका र बिपन्न बर्ग को लागि आर्थिक कारोबारको मुख्य सस्था नै सहकारी हो ।

नेपालमा सहकारीको सुरुवात बि.स २०१३ सलमा भएतापनी २०४६ को राजनितिक परिबर्तन र २०४८ सलाको सहकारी ऐन को निर्माण पछि नै सहाकारीको व्यापक बिकास र बिस्तार भएको हो ।

एक तथ्यांकअनुसार हाल नेपालमा कुल ३४,५१२ सहाकारी सस्था संचालनमा रहेका छन जसमध्ये करिब ६००० सहकारी काठमाडौ उपत्यकामा संचालित रहेका छन । उक्त सहकारिमा करिब ६३ लाख मानिसहरु आवद्ध रहेका छन साथै करिब ६० हजारले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन भने कुल ४ खर्ब बराबरको कारोबार रहेको छ ।

कोरोनाको महामारीको कारण सरकारले लिएको लकडाउन नितिले बर्तमान अबस्थामा सहकारी संस्था सहित सहकारीमा कारोबार गर्ने सम्पुर्ण मारमा परेका छन् ।

माहामारीको कारणले विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक बृद्धिदरमा ब्यापक गिरावट हुने प्रक्षेपण गरिसकेको छ । विश्वव्यापी आर्थिक मन्दि आउँदा वैदेशिक रोजगारी गुम्ने, नेपालको कुल ग्राहस्थ उत्पादनको झन्डै एक चौथाई योगदान रहेको रेमीट्यान्स घट्ने, पर्यटन क्षेत्र धराशायी हुने, सीमापार व्यापारमा कमी आई राजस्व आय न्युन हुने लगायतका कारणले डरलाग्दो आर्थिक गिरावट भई बिभिन्न समस्याहरुको सामना गर्नुपर्ने भएको छ जसबाट सम्पुर्ण वित्तिय क्षेत्र लगायत सहकारी क्षेत्रले समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा अबको केही समय चुनौतीका साथ गुज्रनुपर्ने स्थिति छ ।

ऋण गरेर सुरुवात गरेका साना ब्यापार ब्यबसाय देखी मझौला तथा ठुला ठुला उद्योगहरुलाई समेत असर पारेको छ जसले गर्दा सदस्यहरुको ब्यबसाय धरासायी भई स्थानान्तरण हुनेदेखी निरन्तरता दिन नसक्ने संभावना, वैदेशिक रोजगारीबाट फर्कर्नेको संख्या बढ्नाले देशमा बेरोजगारी झन् बढ्ने, मनिसहरुमा दुविधा उत्पन्न भई उत्पादनशिल कार्यमा ह्रास आउन सक्ने, महंगाई बढ्नाले अत्यावश्यक सामाग्री बाहेक अन्य सामाग्री उपभोगमा कमी आउने, तरलताको अस्थिरताको सामना गर्नुपर्ने स्थितिले बचतमा कमी भई बचत फिर्ताको मागमा बृद्धि हुनसक्ने, हाल लगानीहरुका ब्याज तथा शाँवा, किस्ता असुलीमा आईपर्ने कठिनाइ, राहत तथा भैपरी ऋण तथा छोटो अवधिको ऋण मागमा वृद्धि हुने परिस्थितिको सामना गर्नुपर्ने देखिन्छ ।

केही दिन अगि नेपाल रास्टबैंकको निर्देशनमा ५ करोड भन्दा बढी ऋण लिएर कारोबार गर्ने व्यावसायि को लगत संकलन सुरुगरेको छ तर बैंकको झन्झटिलो प्रक्रिया पूरा गर्न नसक्ने,धितो नभएका र न्यून तथा मध्यम बर्गको लागि सहकारी सजिलो र भरपर्दो बित्तीय सस्था हुन पुगेको अबस्थामा सहाकारी सस्था बाट ऋण लिएर कारोबार गर्ने साना तथा मझौला होटेल ,किराना तथा कपडा,फलफुल तथा तथा तरकारी,मोबाइल तथा यातायात व्यावसायिहरु समेत बर्तमान अबस्थामा मारमा परेका छन तर राज्यको आँखा सहकारीमा कारोबार गर्ने सानाऋणी माथी पुग्न सकेको छैन । साना ऋणिको लगत संकलन र राहतको लागि पनि राज्यको ध्यान जाओस् ।

वास्तवमै आर्थिक रुपमा तल्लो बर्गका भुइँमान्छेहरुको आर्थिक कारोबारको थलो हो सहकारी । मध्यम बर्गिय ब्यबसायीहरुको बाहुल्यता रहेको नेपाल जस्तो अल्पबिकसित देसमा बर्तमान महामारीको कारण आउन सक्ने बित्तीय संकट बाट मुक्त हुनको लागि राज्यले आउने बजेट बाट सहाकारीको लागि पनि उचित राहत प्याकेज घोषण गर्ने तर्फ ध्यान दिनुपर्दछ । देशमा विभिन्न समएमा आएका विभिन्न संकटमा सहकारीको भुमिका लाई नजरअन्दाज गर्न मिल्दैन ।

ब्याजमा अनुदान दिनेगरि ऋणिको ब्याजदरमा कटौती, ब्याज तथा साँबाको किस्ता भुक्तानीको लागि कम्तीमा ६ महिनाको समए दिने ,सहकारिलाइ सहुलियतपूर्ण ब्याजदरमा पुनरकर्जा को ब्यबस्था गर्ने साथै डुबन्ते कोषमा समेत निश्चित रकम सरकारको तर्फबाट जम्मा साथै आयकर तथा ब्याजकरमा सहुलियत दिने जस्ता उपायहरु अबलम्बन गरेर राहत प्याकेज घाेषणा गरि कुल जिडिपी मा ४ % योगदान गरेको र सरकारले नै लिएको तिन खम्बे अर्थनिती अन्तर्गतको एक खम्बा सहकारिको पुनर्स्थापनाको निमित्त लागि पर्नु पर्ने देखिन्छ अन्यथा थप संकट निम्तिने अबस्थालाइ नकार्न मिल्दैन ।

लेखक पवित्र लुम्बिनी बचत तथा ऋण सहकारी सस्थाका सचीव हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij