२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

आफ्नै इतिहास बोकेको जिरेल जातीको मृत्यु संस्कार (यसरी लामाबाट जगाइन्छ आत्मा)

आफ्नै इतिहास बोकेको जिरेल जातीको मृत्यु संस्कार (यसरी लामाबाट जगाइन्छ आत्मा)

जिरेल समुदाय यसै पनि नेपालमा निकै नै चर्चामा रहेको समुदाय हो । दोलखाको जिरीमा मुख्य बसोबास रहेको यो समुदायको रीतिरिवाज समेत अन्य समुदायको तुलनामा भिन्न छ । जन्म, मृत्यु, विवाह संस्कार लगायतका सबै संस्कारहरु भिन्न रहने यस समुदायले सामान्यतयाः बुद्ध धर्म मान्ने गर्छ ।

तामाङ, गुरुङ, शेर्पा लगायतका जातजातीहरुले ल्होसार मान्ने भएपनि जिरेल समुदायको निम्ति भने जनसङ्ख्या कम भएको कारण ल्होसार पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिइएको छैन ।
मृत्यु संस्कारलाई घेवा भन्ने र सोही बमोजिम डाँडामा लगेर दाहसंस्कार गर्ने र कसैले २३ दिन त कसैले ३३ दिनमा जुठोबाट बाहिर निस्कने यस समुदायको निम्ति अन्य समुदायमा जस्तो नुनलाई ब्रजित गरिएको छैन । नुन १ दिन मात्र बार्ने प्रचलन रहेको जिरेल समुदायमा दोस्रो दिन लामाबाट नुन फुकाए पश्चात् नुन खाने प्रचलन छ ।
यसैगरी जिरेल समुदायमा मृत्यु संस्कारमा जाँड अनिवार्य मानिन्छ । यसैकारण ४ मानाको भाँडोमा चारमाने जाँडे राख्ने गरिन्छ । उक्त जाँडलाई लामाझाँक्रीले शुद्धिकरण गर्ने प्रचलन छ ।

यी विविध विषयवस्तु समेटेर काठमाडौंको सिनेसाइट मुभिज प्रा.लि.ले डकुमेन्ट्री निर्माण गरेको छ । जुन डकुमेन्ट्रीले नेपालका अन्य समुदायका व्यक्तिहरुको पनि ध्यान तान्न सफल छ । दर्जनौं फिल्म र सयौं म्युजिक भिडियोको काम गरिसकेका सिनेसाइटका सञ्चालक विजय जिरेल यो डकुमेन्ट्रीले अन्य समुदायलाई पनि आफ्नो संस्कार जगेर्ना तथा अन्य समुदायबाट पनि यस्ता कुराहरुलाई प्रवद्धन गर्न समेत सकारात्मक सन्देश प्रवाह भएको बताउँछन् ।
थप कुराहरु म्युजिक भिडियोबाट नै हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij