२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आफू सदैव स्थानीयहरुको साथसहयोगमा रहने उम्मेदवार बिष्टको घोषणा

आफू सदैव स्थानीयहरुको साथसहयोगमा रहने उम्मेदवार बिष्टको घोषणा

प्रदीप बिष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार, काठमाडौं क्षेत्र नम्बर १०

नेपालमा महँगी, भ्रष्टाचार, वेथिति र गलत संस्कार बढ्दै गएको र जनताको जनजीवन अत्यन्तै असहज बन्दै गएको यसपटक नेपाली जनताहरुले आफ्नो स्वविवेक प्रयोग गरेर रास्वपालाई चौथो प्रमुख राजनीतिक शक्ति बनाएको बताएका छन् ।

‘वेथितिलाई सहिन्न, भ्रष्टाचारीलाई छोडिन्न भन्ने मूल नारा लिएर चुनावी मैदानमा आएको रास्वपाले उठाएका मुद्धाहरु जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयवस्तु नै रहेको बिष्टले बताए ।

यसपटकको निर्वाचनमा आफूहरुले प्रत्यक्ष तर्फ ७ सिट जितेर राष्ट्रको चौथो ठूलो राजनीतिक शक्ति बन्नुको पछाडि राजनीतिक दलहरुका विगतका गतिविधिहरु नै मुख्य जिम्मेवार रहेको बिष्टको बुझाई छ ।

निर्वाचनमा जित हार स्वभाविक भएपनि आफूलाई विश्वास गरेर मतदान गर्ने आम मतदाताहरुसँग आफू सदैव साथमै रहने र आवश्यक सहयोग सद्भाव सदैव रहने प्रतिबद्धता समेत बिष्टले व्यक्त गरेका छन् । साथै आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई कुनै समस्या परेको खण्डमा आफू जुनसुकै बेला सहयोगको लागि तत्पर रहने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

 

सेतोघर डट कमसँग संक्षिप्त कुराकानीको क्रममा बिष्टले रवि लामिछाने नेतृत्वको रास्वपा प्रति जनताले गरेको विश्वासले नै अहिले रास्वपाले पार्टी स्थापनाको छोटो समयमा देशभर नयाँ तरङ्ग ल्याउन सकेको बताउँदै रास्वपाले नेपाली जनतालाई कहिल्यै निराश नबनाउने समेत प्रष्ट पारे । मतदाता जनताहरुलाई आफूले गरेको मतदान खेर नगएको अर्थमा बुझिदिन समेत आग्रह गरेका छन् ।

‘जान्नेलाई छान्ने’ मान्यता अनुसार बौद्धिक क्षमता र कार्य दक्षता भएका व्यक्तिहरुलाई अघी सारेको यस पार्टीको समानुपातिक सीट बाँडफाँड सम्बन्धमा देखिएको असन्तुष्टिले नेपाली जनताहरुमा निराशा उत्पन्न हुन सक्ने तर्फ सङ्केत गर्दै बिष्ट पार्टी भित्र पार्टीलाई मूल भावना बमोजिम अघी बढाउनको लागि सबैले आवश्यक त्याग र समर्थन गर्न तयार हुनुपर्ने बताउँछन् । विगतका पार्टीहरुमा देखिएको नातावाद, कृपावाद, स्वार्थको लागि भागबण्डाको प्रवृत्ति राजनीतिमा अन्त्य गर्न सकेमात्र मुलुक सुशासन सहित समृद्धिको दिशामा अघी बढ्न सक्ने बिष्टको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij