काठमाडौँ,४ बैशाखः सामुदायिक विद्यालयका शिक्षकहरू १६ दिनदेखि निरन्तर आन्दोलनमा छन्। नेपाल शिक्षक महासङ्घको अगुवाइमा चलिरहेको यो आन्दोलन दिनप्रतिदिन उग्र बन्दै गएको छ, जसको प्रत्यक्ष असर काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालयहरूमा परेको छ। नयाँ शैक्षिक सत्र सुरु भइसके पनि विद्यालयहरूमा भर्ना प्रक्रिया अघि बढ्न सकेको छैन।
शिक्षक महासङ्घले आन्दोलनलाई व्यापक बनाउन जिल्ला जिल्लाबाट शिक्षक तथा कर्मचारीहरूलाई काठमाडौँ आउन आह्वान गर्दै उर्दी जारी गरेको छ। आन्दोलनमा संलग्न नहुने र विद्यालय सञ्चालन गर्ने शिक्षकहरूमाथि निगरानी समेत राखिएकोले अधिकांश विद्यालयहरू पूर्ण रूपमा बन्द रहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij