बागमती, १२ चैत – हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा कुल रु ४ अर्ब २५ करोड २० लाख राजस्व संकलन गरेको छ। यो निर्धारित लक्ष्यको ८२.३२ प्रतिशत हो।
कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार, चालू आर्थिक वर्षका लागि रु ५ अर्ब १६ करोड ५२ लाख ३२ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म रु ४ अर्ब २५ करोड २० लाख ३७ हजार संकलन भइसकेको छ।
विभिन्न स्रोतहरूबाट संकलित राजस्वमध्ये, अन्तःशुल्कतर्फ रु २ अर्ब ४१ करोड ७४ लाख ४७ हजार, आयकरतर्फ रु ७३ करोड ५२ लाख ९२ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ६१ करोड ४७ लाख ९९ हजार, स्वास्थ्य जोखिम करतर्फ रु ४१ करोड १३ लाख ५१ हजार, ब्याज करतर्फ रु ६ करोड २५ लाख ९८ हजार, र बहाल करतर्फ रु १ करोड २५ लाख ५० हजार राजस्व संकलन भएको छ।
कार्यालयमा करदाता संख्या पनि उल्लेख्य छ। आयकरतर्फ ३४ हजार ४३, मूल्य अभिवृद्धि करतर्फ ५ हजार ९२३, अन्तःशुल्कतर्फ १ हजार ६०४, विथहोल्ड करतर्फ ७११, र व्यक्तिगत करतर्फ ८३ हजार ७०१ करदाता दर्ता रहेका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij