२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज २०७७ साल वैशाख २७ गते शनिवारकाे पात्राे

आज २०७७ साल वैशाख २७ गते शनिवारकाे पात्राे

आज मिति २०७७ साल वैशाख २७ गते शनिवार तदअनुसार मे-०९ २०२० ।

शाके संवत् १९४२ । प्रमादी (४७) नामकः संवत्सर ।

उत्तरायणं । वसन्त ऋतु । नेपाल संवत् ११४० वछला थ्व । ज्येष्ठ कृष्णपक्ष। तिथि -द्वितीया (१९घ२९प) १३:०८बजे सम्म रहेकाे छ ।

तिथि देवता ब्रह्मा : त्यसपछि ज्येष्ठ कृष्ण तृतीया देवता गैरी । नक्षत्र – अनुराधा

(०९ घ ५९ प) ९:२० बजे सम्म त्यसपछि ज्येष्ठा रहने छ।

याेग- परिघ: (१७घ५४प) १२:३० बजे सम्म त्यसपछि शिव: रहेकाे छ।
करण – गर: (१९घ २९प) १३:०८ बजे सम्म त्यसपछि वणिग: (४७घ३०प) ०:२१ बजे सम्म त्यसपछि विष्टि रहेको छ।

आनन्दादिमा अमृत याेग ।

श्री सूर्य मेषराशिमा र चन्द्रमा- बृश्चिक रहेकाे छ।

चन्द्रमाकाे वर्ण:

दिशा, वर्ण राताे र दिशा उत्तर रहेकाे छ । काठमाडौंमा सुर्याेदय -५:२१ बजे सुर्यास्त १८:४२बजे र दिनमान ३३ घडी २२पला रहेकाे छ । आज बिहान ९:०० देखि १०:३१ बजे सम्म राहुकाल रहेकाे छ।

आज कालराहुकाे दिशा पूर्व रहेकाे छ । आज वार शूल पूर्व , याेगिनी शुल उत्तर दिशामा परेकाे छ । ।

आजकाे लागि शुभ समय

अमृत समय दिउँसो ३:३०बजे देखि ५:०० सम्म रहने छ ।
आज शुभ दिउँसो १०:३१ देखि १२:०० सम्म रहने छ।

आज लागि शुभ दिशा पश्चिम र उत्तर रहेकाे छ।
आजकाे लागि शुभ रङ्ग राताे रहेकाे छ ।
आज जन्मेका बालबालिकाकाे बृश्चिक राशि रहने छ ।
आज भद्रा (४७घ३०प)०:२१ बजे रातिदेखि उदय हुनेछ ।

आज शनिबार शनिदेव को आराधना दिन..

आजको मन्त्र

“निलाजन समाभासं रविपुत्रं यमाग्रजं ।
छायामात्रिड संभुतम तं नमामि शनैश्चरम् !!” https://www.facebook.com/SadhmargaAstrologyNepal/

ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij