काठमाडौँ, २० चैत: आज विश्वभर अटिजम जागरुकता दिवस विभिन्न कार्यक्रमसहित मनाइँदैछ। यो दिवस अटिजमसम्बन्धी चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष अप्रिल २ मा मनाइन्छ।
संयुक्त राष्ट्रसङ्घको पहलमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो। अटिजम भएका व्यक्तिहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको रक्षा गर्न र उनीहरूलाई समान अवसर सुनिश्चित गर्न समाजका सबै पक्षले योगदान गर्नुपर्ने सन्देशसहित यस दिवसको सुरुवात गरिएको हो।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसका अनुसार, दिगो विकास लक्ष्य प्राप्ति र स्वास्थ्यसम्बन्धी प्रतिबद्धता पूरा गर्न यो दिवस महत्वपूर्ण छ। उनले अटिजम भएका व्यक्तिहरूलाई स्वास्थ्य सेवा, शिक्षा, र रोजगारीका अवसर प्रदान गर्न आवश्यक रहेको कुरामा जोड दिएका छन्।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij