२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज बैशाख २५ गतेको ग्रहगाेचरमा आधारित राशिफल

आज बैशाख २५ गतेको ग्रहगाेचरमा आधारित राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेष राशिको लागि दिन राम्रो रहेको छ । चन्द्र्रमा सप्तममा आफ्नो मित्र मंगलको घरमा बसेकोले व्यावसायिक साझेदार तथा श्रीमती सँगको सम्बन्ध राम्रो हुनेछ । सहयाेगि माथी पनि पूर्ण विश्वाश नगर्नु हाेला। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वृृष राशिलाई धन लाभको योग छ । तर धन समाजले रामाे नमानेकाे कामवाट आउने हुन्छ । आज घमण्ड र अभिमान बढ्ने छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिको लागि आजको विहानी त्यति राम्रो नभएपनि दिन राम्रो छ । गाेपनिय ढङ्गबाट गरिएकाे कामबाट फाइदा हुने छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आज व्यर्थमा झगडा हुने योग छ । सम्हालिएर काम गर्नुहोला ।भुमि तथा मातृधनबाट फाइदा मिल्ने छ व्यावसायिक साझेदारको साथमा विशेष ख्याल गर्नुहोला । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वादविवादमा जित हासिल हुनेछ । धन लाभको योग छ । धार्मिक घुमघाम हुने याेग छ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि धन नाश हुने योग छ । जग्गा जमीनसँग कारोबारीले विशेष ध्यान दिनुपर्नेछ । माेज मज्जामा समय बित्ने छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि फलिफापको योग छ । मिष्ठान्न भोजन प्राप्ति र दाम्पत्य जीवन सुखद हुनेछ । इच्छाशक्ति बढ्ने दिन छ ।बिद्यार्थीकाे लागि राम्रो दिन छ ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढी हुने साथै तनावको योग छ । घरबाट बाहिर निस्कने मन लाग्नेछ ।दिगाे अामदामीकाे कामकाे याेजना बन्ने दिन छ । अाध्यात्म तथा याेग तर्फ ध्यान बढ्ने छ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।
|धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
खर्चालु दिन छ । धन लाभ हुने योग छ । गरेका काम पूरा हुने दिन छ । दाम नाम इनाम पाउने दिन छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुख समृद्धि प्राप्तिको योग छ । परिवार र समाजको हकहितको कार्य गरिने छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइमा सफलता मिल्नेछ। पराक्रम देखाउने दिन छ । कुल र परिवारकाे काममा लाग्ने दिन छ ।पढाइ राम्रो हुनेछ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
चन्द्रमा ८ अैां भावमा राम्रो मानिँदैन । स्वास्थ्यमा पीडा हुन सक्छ । पढाइ राम्रो हुनेछ । गृहिणीलाई मित्रहरूले सहयाेग गर्नेछन् । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij