२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज बैशाख २४ गते तपाइको राशिफल (हेर्नुहाेस् विस्तृतमा)

आज बैशाख २४ गते तपाइको राशिफल (हेर्नुहाेस् विस्तृतमा)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मेष राशिको लागि दिन राम्रो रहेको छ । चन्द्र्रमा सप्तममा आफ्नो मित्र मंगलको घरमा बसेकोले व्यावसायिक साझेदार तथा श्रीमती सँगको सम्बन्ध राम्रो हुनेछ । अनुहार चम्किलो रहनेछ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज वृृष राशिलाई धन लाभको योग छ । तर आर्जित धन आफ्नो पिताको लागि वा धर्मकर्ममा खर्च हुन्छ । आज शोक बढ्ने दिन छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिको लागि आजको दिन त्यति राम्रो छैन । आँटेको काम पूरा नहुने र पेट गढबढ हुन सक्ने सम्भावना ज्यादा छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिको लागि आज व्यर्थमा झगडा हुने योग छ । सम्हालिएर काम गर्नुहोला । मावली पक्ष र श्रीमतीसँग विशेष सतर्कता साथ काम गर्नुहोला । व्यावसायिक साझेदारको साथमा विशेष ख्याल गर्नुहोला । शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वादविवादमा जित हासिल हुनेछ । धन लाभको योग छ । भाइबहिनीको माया पाइनेछ । हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कन्या राशिको लागि धन नाश हुने योग छ । जग्गा जमीनसँग कारोबारीले विशेष ध्यान दिनुपर्नेछ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिको लागि फलिफापको योग छ । मिष्ठान्न भोजन प्राप्ति र दाम्पत्य जीवन सुखद हुनेछ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक  ६ रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
निद्राको कमी, खर्च बढी हुने साथै तनावको योग छ । घरबाट बाहिर निस्कने मन लाग्नेछ । शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
दिन राम्रो छ । धन लाभ हुने योग छ । घरपरिवारबाट सुख शान्ति मिल्नेछ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
सुख समृद्धि प्राप्तिको योग छ । सम्मान वृद्धि र कार्यमा सफलताको योग छ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पढाइमा सफलता ल्निेछ । पराक्रम देखाउने दिन छ । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
चन्द्रमा आधार भावमा राम्रो मानिँदैन । स्वास्थ्यमा पीडा हुन सक्छ । सम्मानमा हानी हुनेछ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij