२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ १३ गते शनिवारक‍ो राशिफल

आज आषाढ १३ गते शनिवारक‍ो राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज चन्द्रमा नवौं स्थानमा रहेकाे छ । आज हजुरको योजना सफल हुनेछन् । आज आफ्नो बिचार समाजलाई बुभाउन सक्नुहुनेछ जसले गर्दा समाजको हजुरप्रति झुकाव रहनेछ। राजनीतिक पृष्ठभूमिका व्यक्तिका लागि आजको दिन बिशेष रहनेछ । आज साथिभाइ र सन्तानको सहयोग मिल्नेछ।विद्यार्थीको लागि आजको दिन राम्रो रहनेछ।मेहनत को फल अवश्य मिल्नेछ। स्वास्थ्य आज ठिकै रहने छ।दाम्पत्य जीवन सुखमय हुनेछ। आज पहिले बिग्रेका काम बन्न सक्नेछन् ।आज व्यापारमा लाभ हुनेछ।शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार राशि स्वामी मंगल रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेको छ। आजको दिन कार्यक्षेत्रमा सम्मान मिल्नेछ।आज गरेको काममा प्रोत्साहन मील्नेछ,प्रतिद्वन्द्वी प्ररास्त हुनेछन्। बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ। आज व्यापारमा लाभ हुनेछ । स्वास्थ राम्रो रहेको छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या र राशि स्वामी शुक्र रहेको छ ।आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आजकाे दिन एघारौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन बिग्रेका काम र बिग्रेका सम्बन्ध बन्नेछन्।आज आत्मबिश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि आज सफलताको योग बनेको छ।व्यापारमा लगानीको योग बनेको छ। स्वास्थ्य स्थिति ठिकै छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस् । आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज चन्द्रमा बाह्रौं स्थानमा रहेको छ। आजको दिन आफुभन्दा ठुलासंग सम्बन्ध विग्रन सक्छ। आजको दिन बिशेष सावधानी अपनाउनु होला मनमुटाव पर्न सक्नेछ।आज आय संगसंगै बेय्यमा पनि वृद्धि हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। व्यापार राम्रो हुनेछ। विद्यार्थी काे लागि ठिकै छ।स्वास्थ्य राम्रो छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आजको दिन पहिलो स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन साथिभाइ आफ्न्तको सहयोग मिल्नेछ।आज कुनै पनि निर्णय भावनामा बगेर नलिनु होला।आाज भाग्यले साथ दिनेछ।धार्मिक कार्य हुनेछ वा संलग्न होइनेछ।व्यापारमा लाभ हुनेछ। बिद्यार्थीको लागि राम्रो छ।स्वास्थ्यको स्थिति सामान्य रहनेछ ।आज लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आजको दिन दोस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ। आजको दिन नकारात्मक विचार पनि आउनेछन् बिशेष ख्याल राख्नुहोला।आफ्नो काम प्रतिको लगावले ठुल‌ै सफलता मिल्नेछ।आज व्यापारमा आय भन्दा खर्च ज्यादा हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ।कुनैपनि महत्त्वपूर्ण कागजमा दस्तखत् गर्नुभन्दा अगाडि राम्ररी पढ्नुहोला धोका हुनसक्छ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।

‍तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज तेस्रो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन भाइवहिनीको सहयोग प्राप्त हुनेछ ।आज सहयोगी हात बढाउदा फाइदा हुनेछ। आज कामकाजमा सफलता मिल्नेछ। बिद्यार्थीकाे लागि मध्यम छ। व्यापारमा मध्यम हुनेछ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज चन्द्रमा चौथो स्थानमा रहेको छ।आजको दिन आफ्नो कामको बोझ अरुलाइ नदिनु होला। आज लडाइ झगडाको योग बनेको सावधानी साथ व्यबहार गर्नु होला।आज व्यापारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो रहेको छ।भाग्योदय हुनेछ।आजको दिन चिसो पेयपदार्थ नलिनु होला राम्रो हुनेछ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)

आज चन्द्रमा पाँचौं स्थानमा रहेकाे छ।कला क्षेत्रमा रुचि बढ्नेछ। आजक‍ो दिन राम्रो रहेको छ।आजको दिन हजुरको ब्यबहारमा सकारात्मक बदलाव आउने छ।मानसम्मानमा वृद्धि हुनेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ।स्वास्थ्य राम्रो हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेको छ ।आजको दिन कार्य बोझले गर्दा कार्यक्षेत्रप्रति वितृष्णा जाग्ने छ।आज बोलिको प्रभावले धेरै काम बन्नेछन्। बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा लाभ हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आजकाे दिन सातौं स्थानमा चन्द्रमा रहेका छन्। आज सामाजिक दृष्टिकोणमा सकारात्मक बदलाव आउने छ। आज दैनिकी सरल अनि सरस तरिकाले चल्नेछ।कुनै ठुलो फैसला लिनुपरेमा विज्ञको सल्लाह लिनुहोला।आज यश कृति प्राप्त हुनेछ। व्यापार वृद्धि हुनेछ।आर्थिक स्थिति सबल बन्नेछ। बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो रहनेछ।स्वास्थ्य स्थिति सामान्य रहनेछ। घरमा सकारात्मक बाताबरण रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।

मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)द

आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेका छन्।आजको दिन परिवारको साथ मिल्नेछ ।आज मनमा डर चिन्ता हुनेछ। खानपिनमा रुचि बढ्नेछ।कुनै पनि कामलाई हल्का हिसाबमा नलिनु होला। आज साथिसङ्गी र मित्रको मन अनि आखामा स्थान सुरक्षित गर्न सफल हुनुहुन्छ। बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा वृद्धि हुनेछ।आज व्यापारमा लगानी गर्दा फाइदानै हुनेछ।भुमि र घरको चिन्ताले सताउने छ। स्वास्थ्य पनि राम्रो रहनेछ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् ।सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।

माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् । जय शम्भु ।

ज्याे पं विष्णु प्रसाद खनाल

https://www.facebook.com/SadhmargaAstrologyNepal/

सद्मार्ग र सदाचार जीवन जीउने आधार

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij