
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा एघारौं स्थानमा रहेकाे छ । आजकाे दिन दाजुभाइ र बन्धुवान्धवको सहयोग बाट काम बन्नेछ। आज दिन आध्यात्मिक काममा रुचि बढ्नेछ । आजको दिन परिवार र सन्तानसँग राम्ररी दिन बित्नेछ। व्यापारमा वृद्धि हुनेछ। विद्यार्थीको लागि आजको दिन राम्रो छ। स्वास्थ्यको कुरा गर्दा सामान्य नै रहनेछ। खानपिनमा बिशेष ख्याल राख्नु होला राम्रो हुनेछ।दाम्पत्य जीवन सुखमय हुनेछ । आजको दिन तपाइको राशिबाट तेस्रो स्थानमा ग्रहण परेकोले हनुमान चालिसा पाठ र कुनै जोगीलाई रातो बस्तुको दान शुभफलदायी हुनेछ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ । शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा बाह्रौं स्थानमा रहेको छ । आजको दिन मानसिक तनाव र झन्झटबाट वचन सकेमा राम्रो हुनेछ। आज सामाजिक कार्यमा मन जानेछ। आजको दिन पराक्रम र मिहिनेत र दिमाखको बलले आयमा वृद्धि हुनेछ । आजको दिन आत्मविश्वासमा वृद्धि हुनेछ । आज समाजमा प्रतिष्ठा मिल्नेछ। बिद्यार्थीको लागि आजकाे दिन राम्रो रहने छ। व्यापार मध्यम हुनेछ। स्वास्थ्य ठिकै रहनेछ । आज तपाइको राशिबाट दोस्रो स्थानमा ग्रहण रहेकोले राशि स्वामी शुक्रको बिज मन्त्र वा देवि स्तोत्र वा चालिसा पाठ गर्दा राम्रो हुनेछ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन प्रथम स्थानमा चन्द्रमा रहेको छ । आजको दिन शुभ समाचार मिल्नेछ । साथीभाइ र प्रियजनको सहयोग मिल्नेछ। आज धार्मिक कार्य हुनेछ । आज आत्मबिश्वासमा वृद्धि हुनेछ। आज व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आज राम्रो छ। स्वास्थ्य स्थिति राम्रो छ। आज हजुरकै राशिमा ग्रहण लाग्दैछ जसकाे दुष्प्रभाव हजुरले आगामी मंसिर महिना सम्म झेल्नपर्नेछ। यस अवधिमा सुर्य र बुधको बिज मन्त्र र दुर्गा पाठ गर्दा शुभ हुनेछ। शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला राशि स्वामी बुध रहेको छ ।हजुरकाे दिन शुभ हाेस् ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा दोस्रो स्थानमा रहेको छ। आजको दिन मनमा बेचैनी र चिन्ता बढ्ने छ। आज बोली र ब्यबहारमा संयम राख्नु होला ।आज खर्च वृद्धि हुनेछ व्यापार ठिकै हुनेछ। विद्यार्थी काे लागि राम्रो छ।स्वास्थ्य ठिकै छ।वैवाहिक सम्बन्ध राम्रो रहनेछ।आज तपाईंको राशिबाट बाह्रौं स्थानमा ग्रहण छ जस्ले गर्दा खर्च बढाउने र अनिष्ट फल मात्र मिल्नेछ शिवजीको आरधना शुभ फलदायी हुनेछ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन तेस्रो स्थानमा चन्द्रमा रहेकाे छ । आजको दिन धेरै राम्रो रहेको छ मानसम्मानमा वृद्धि हुनेछ।आज यश कृति र लाभ प्राप्त हुनेछ । आज मन र आत्मविश्वासले गर्दा धेरै काम सफल हुनेछन्। स्वास्थ्य राम्रो रहेको छ। व्यापारमा लाभ हुनेछ।बिद्यार्थीको लागि राम्रो छ। आज तपाइँको राशिबाट एघारौं स्थानमा ग्रहण परेको छ।जुन शुभ फलदायी हुन्छ। गुरु दीक्षा मन्त्र वा गीता पाठ गर्दा राम्रो हुनेछ। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन चौथो स्थानमा चन्द्रमा रहेको छ।आजको दिन अनुकूल रहनाले प्रस्न्नता रहनेछ।आज समग्रमा दिन राम्रो छ। आज ठूलाको आशिर्वाद मिल्नेछ।दैनिकी राम्ररी चल्नेछ।आज व्यापार राम्रो हुनेछ। बिद्यार्थीकाे लागि आजको दिन राम्रो छ। आज हजुरको राशिबाट दसौं स्थानमा ग्रहण परेको छ जुन शुभ फलदायी हुन्छ। आज दुर्गा चालिसा दुर्गा कवच पढ्दा राम्रो हुनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज पाँचौं स्थानमा चन्द्रमा रहेको छ।आजको दिन जिम्मेवारी बहन गर्ने दिन हो।आज हजुरको मन प्रस्न्न भएपनि आलस्यले गर्दा काममा ढिलासुस्ती हुनेछ। आजको दिन राम्रो रहेको छ। बिद्यार्थीकाे लागि राम्रो दिन छ।व्यापारमा वृद्धि हुनेछ।आज हजुरको राशिबाट नवौं स्थानमा ग्रहण रहेको छ जस्को फल मध्य म रहन्छ।आज महालक्ष्मीको स्तोत्र पाठगर्नु शुभफलदायी हुनेछ ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा छैटौं स्थानमा रहेको छ।आजको दिन चिन्ता बढ्नेछ। आज साथीभाइ र परिवारमा प्रेम र सद्भाव हुनेछ ।आज खर्च बढ्नेछ ।आज व्यापारमा ठिकै हुनेछ । बिद्यार्थीकाे लागि राम्रो रहेको छ।आज हजुरको राशिबाट आठौँ स्थानमा ग्रहण रहेको छ।जुन अनिष्ट कारक हुन्छ। आज हजुरले गणेश मन्त्र पाठ, हनुमान चालिसा पाठ शुभफलदायी हुन्छ।द शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा सातौं स्थानमा रहेकाे छ। आजको दिन व्यक्तित्वमा निखार आउने छ। मानसम्मानमा वृद्धि हुनेछ। आज दिनभर ब्यस्त होइनेछ। आज स्वादिष्ट भोजन मिल्नेछ।आज काम बन्नेछन्।आत्मविश्वासमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा मध्यम हुनेछ।स्वास्थ्य राम्रो हुनेछ। आज तपाईंको राशि बाट सातौं स्थानमा ग्रहण रहेको छ।जस्को मध्यम फल रहनेछआज पुरुष जातकले देवीको र स्त्रीले कृष्णको पाठ गर्दा राम्रो हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा आठौं स्थानमा रहेको छ ।आजको दिन नराम्रो सोचमा समय र उर्जा खर्च हुनेछ। सहि दिशामा गरेको मिहिनेतले मान प्रतिष्ठा प्राप्त हुनेछ।आज मानसिक शान्ति मिल्नेछ।पारिवारिक सम्बन्धमा सुधार आउने छ।आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ।व्यापारमा ठिकै हुनेछ।स्वास्थ्य राम्रो रहनेछ।आज हजुरको राशि बाट छैटौं स्थानमा चन्द्रमा रहेको छ।जसको फल शुभ हुन्छ।दीक्षा मन्त्र वा देविको पाठ राम्रो रहनेछ। अशुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनुहाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन नवौं स्थानमा चन्द्रमा रहेका छन्। आज कामको बोझ ज्यादा हुनेछ ।आज भावुकता र कामुकता बढ्नेछ। आज भविष्यको योजना बन्नेछन्। आज भाग्यले साथ दिनेछ।व्यापारमा लाभ हुनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ।स्वास्थ्य स्थिति राम्रो रहनेछ।आज हजुरको राशिबाट पाचौं स्थानमा ग्रहण रहेको छ। जुन शुभदायि नै हुन्छ।दीक्षा मन्त्र जप्नु शुभ रहनेछ। शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।
मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा दसौं स्थानमा रहेका छन्।आजको दिन मध्यम रहेको छ।परिवार र सहकर्मीको खासै सहयोग मिल्नेछैन। मानसम्मानमा वृद्धि हुनेछ।बिद्यार्थीको लागि राम्रो रहेको छ।व्यापारमा वृद्धि हुनेछ आज तपाईंको राशिबाट चौथोँ स्थानमा ग्रहण लाग्नेछ जुन अनिष्टकाे कारक हुन्छ जस्ले तपाई र तपाईंको आमालाई असर गर्ने छ। आज महामृत्युञ्जय पाठ गर्दा राम्रो हुनेछ ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस् ।
ज्याे पं विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij