२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज आषाढ ०१ गते सोमबारको राशिफल

आज आषाढ ०१ गते सोमबारको राशिफल

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा दोस्रो स्थानमा रहेकाे छ । आजकाे दिन आत्मविश्वासमा वृद्धि हुनेछ। आज मनमा नकारात्मक विचार आउनेछन् । आज उत्सुकताले नयाँ काम सिकाउनेछ । आज सानातिना समस्या आउनेछन् । आजको दिन रिस कावुमा राख्नु ह‍ोला। आज आय वृद्धि हुनेछ। विद्यार्थीको लागि आजको दिन राम्रो छ।स्वास्थ्य ठिकै हुनेछ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस्।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा तेस्रो स्थानमा रहेको छ । आज भाइबहिनीको सहयोग मिल्नेछ । आज याचकलाई सहयोग गर्दा आफुलाई पनि फाइदा मिल्नेछ ।आजको दिन सामाजिक कार्यमा मन जानेछ। आजको दिन ब‍ोल्दा बिशेष ख्याल गरेरमात्र बोल्नु होला। बोलिको गलत अर्थ लाग्न सक्छ। आजको दिन कुनै धार्मीक कार्य हुनेछ वा कही सामेल होइन्छ ।आजको दिन व्यपार राम्रो हुनेछ । बिद्यार्थीक‍ो लागि आजकाे दिन राम्रो रहने छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन चौथो स्थानमा चन्द्रमा रहेको छ । आफनो कुरामा अडिग रहनाले सम्बन्धमा चिसोपन आउनेछ। व्यापार मध्यम हुनेछ आफ्नो लग्न र आत्मबिश्वासले काममा सफलता मिल्नेछ । आज लगानी नगर्नुहोला फस्ने याेग छ । विद्यार्थीकाे लागि आज राम्रो छ। स्वास्थ स्थिति ठिकै छ । शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ । हजुरकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे ख्याल राख्नुहाेला।

?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा पाँचौं स्थानमा रहेको छ । आज परीसानीहरु हटेर जानेछन् । आज यात्राको योग पनि रहेको छ। आज कलात्मक कार्य हुनेछन् । आज ब्यक्तित्वमा सकारात्मक बदलाब आउनेछ । व्यापारमा राम्रो हुनेछ। विद्यार्थी काे लागि ठिकै छ । मन चन्चल हुनेछ। सामाजिक सञ्जालमा कम समय मात्र बिताउनु होला।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् । आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नुहाेला ।

?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन छैटौं स्थानमा चन्द्रमा रहेकाे छ । आजको दिन कामको बोझ ज्यादा हुनेछ। आज कार्य क्षेत्र परिवर्तनको मन लाग्नेछ । आज याचकको सहयोग गर्दा राम्रो प्रतिफल प्राप्त हुनेछ।आज धार्मिक कार्य पनि हुनेछ। आज मधुर बाणिको प्रभावले काम सफल हुनेछ।स्वास्थ्य ठिकै रहेको छ।आज वादविवादबाट बच्नु होला। हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् । आज सरसफाइमा ध्यान दिनुहाेला । हजुरको दिन शुभ हाेस् ।
?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज सातौं स्थानमा चन्द्रमा रहेको छ ।आज बालबालिकाका साथमा समय बित्नेछ । आज पारिवारिक स्थिति सुधारको काम हुनेछ।दैनिकी राम्ररी चल्नेछ। आज व्यापार राम्रो हुनेछ । आज कुनै पनि ठूलो फैसला लिनुपरेमा आफुभन्दा ठूलोको सहयोग लिनुहोला। बिद्यार्थीकाेलागि आजको दिन राम्रो छ, कम मेहनतमा नै राम्रो प्रतिफल प्राप्त हुनेछ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ । आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नुहाेला ।
‍⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज आठौं स्थानमा चन्द्रमा रहेको छ । आज भाइबहिनी र सहकर्मीको सहयोग मिल्नेछ । आज परिवारमा सुखसुविधामा वृद्धि हुनेछ। आज कुनै पनि काम कुरोलाइ हल्कामा नलिनुहोला। आज कार्यक्षेत्रमा सफलता मिल्नेछ । बिद्यार्थीकाे लागि राम्रो दिन छ । व्यापारमा वृद्धि हुनेछ। लडाइँझगडाको योग भएकाले बिशेष ख्याल राख्नुहोला। शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।

?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा नवौं स्थानमा रहेको छ । आजको दिन बोलिक‍ो प्रभावले आफ्नो बर्चस्व जमाउनु हुनेछ । आज दिनभर ब्यस्त होइने छ । आज व्यापारमा वृद्धि हुनेछ । विद्यार्थीकाे लागि राम्रो छ। आज सन्तानको सहयोग मिल्नेछ।शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ । आजकाे दिन शुभ हाेस् । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा दसौं स्थानमा रहेकाेछ । आजक‍ो दिन कार्य क्षेत्रमा सफलता मिल्नेछ। सम्मान पनि मिल्नेछ। आज काम बन्नेछन् । आत्मविश्वासमा वृद्धि हुनेछ। आज बोल्दा एकदमै सोचेर बोल्नुहोला। बिद्यार्थीकाे लागि राम्रो छ। व्यापारमा राम्रो हुनेछ। आज पिताको स्वास्थ्यको बिशेष ख्याल राख्नुहोला। शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ । स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस् ।

?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा एघारौं स्थानमा रहेको छ । आजको दिन पहिले गरेको कामको प्रतिफल प्राप्त हुनेछ। सोचेको काम पूरा हुनेछ।पारिवारिक सम्बन्धमा सुधार आउने छ।आत्मविश्वासमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि राम्रो छ । बोलिमा सम्यम राख्नुहोला।व्यापारमा लाभ हुनेछ। स्वास्थ्य केही कमजोर रहनेछ । शुभ रङ कालो, शुभ अंक ९ रहेको छ । सरसफाइमा विशेष ध्यान दिनु हाेला । आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नुहाेला ।

?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन बाह्रौं स्थानमा चन्द्रमा रहेका छन् । आज पारिवारिक सम्बन्ध राम्रो हुनेछ। आज शुभ यात्राको योग छ । आजको दिन रोकिएका कार्य बन्नेछन् । बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ। व्यापार मध्यम हुनेछ । आज बोलिमा संयम राख्नुहोला । शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।

?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा प्रथम स्थानमा रहेका छन् । आजको दिन सबै बाट सहयोग मिल्नेछ।आज कुनैपनि निर्णय लिँदा सोचेसम्झेर लिनु होला। धार्मिक तथा मांगालिक कार्य हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ । पढाइ राम्रो हुनेछ । बोलि र ब्यबहारमा संयम राख्नुहोला । आज बेरोजगारलाई रोजगार मिल्नेछ । यात्राको योग छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनुहाेला । आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/
सद्मार्ग र सदाचार जीवन जीउने आधार

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij