२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

आजबाट नवरात्र शुरुः पहिलो दिन शैलपुत्री देवीको पूजा गरिँदै

आजबाट नवरात्र शुरुः पहिलो दिन शैलपुत्री देवीको पूजा गरिँदै

काठमाडौँ । नवरात्रको पहिलो दिन आज आइतबार शैलपुत्रीको पूजा गरिन्छ । देवी दुर्गा माताको ९ रुप हुन्छ,त्यसमध्य पहिलो रुप शैलपुत्री हो । मार्कष्य पुराणका अनुशार पर्वतराज हिमालयकी पुत्रीको रुपमा उत्पन्न भएकी हुनाले शैलपुत्री नाम रहन गएको हो ।

पर्वतराज हिमालयको घर पुत्री रूपमा उत्पन्न भएकै कारण यीनको नाम शैलपुत्रीु राखियो । नवरात्रि पूजनमा प्रथम दिन यिनैको पुजा र उपासना गरिन्छ । यस प्रथम दिनको उपासनामा जोगी आफ्नो मनलाई मूलाधार चक्रमा स्थित गर्छन् । यहिँ देखि यीनको योग साधनाको सुरुवात हुन्छ ।

नवरात्रका अवसरमा यसै गरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ। नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ।

काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामना लगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

यस्तो छन् नवदुर्गाका नौवटा स्वरुप

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।

उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना:।।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij