२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आजदेखि केन्द्रिकृत आस्बा प्रणाली सि–आस्बा लागु हुदै

आजदेखि केन्द्रिकृत आस्बा प्रणाली सि–आस्बा लागु हुदै

काठमाडौं, फागुण ११ । आजदेखि केन्द्रिकृत आस्बा प्रणाली सि–आस्बा लागु हुदैछ । धितोपत्र सार्वजनिक निष्काशन प्रणालीलाई थप व्यवस्थित र सर्वसूलभ बनाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडले केन्द्रीकृत आश्वा अर्थात सि–आश्वा प्रणाली लागू गर्न थालेको हो ।

लिमिटेडका प्रमुख कार्यकारी अधिर्कत देवप्रकाश गुप्ताले सि आस्बा प्रणाली लागु भएपछि फारम बोकेर घन्टौँसम्म लाइनमा बसी धितोपत्र खरिद गर्नुपर्ने अवस्था अब अन्त्य भएको र सेयर बाँडफाँड छिटो हुने बताए । उनले लगानीकर्ताले घरमै बसेर आवेदन दिने र हप्ता दिनभित्रै शेयर बाँडफाँट गरी लगानीको प्रतिफल प्राप्त गर्ने सकिने बताए ।

सि–आश्वा प्रणालीमा हालसम्म ६० बैंक तथा वित्तीय संस्था आबद्ध छन् । यो प्रणालीमा आबद्ध भई हालसम्म एक लाख ३९ हजार ५ सय २ जनाले विशेष नम्बर ‘सिआरएन’ लिइसकेका छन् । बैंक तथा वित्तीय संस्थामा आबद्ध लगानीकर्ताले आफ्नो खातामा रहेको बैंक तथा वित्तीय संस्थाको जुनसुकै शाखामा गएर सजिलैसँग सिआरएन नम्बर लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij