२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

आईसेक द्वारा आयोजित ‘एक्सन फर एसडीजी सम्पन्न

आईसेक द्वारा आयोजित ‘एक्सन फर एसडीजी सम्पन्न

काठमाडौं । नेपाल भरिका २०० भन्दा बढी युवाहरु कोकाकोलाद्वारा आयोजित कार्यक्रम एक्सन फर एसडिजीका लागि उपस्थित भएका थिए । यो क्याम्पेन २६ अप्रिलमा ‘कल फर आइडिया’ नामले सार्वजनिक गरिएको थियो । ‘यूथ याक्सनफर ग्लोबल गोल’ थिमलाई मुख्य फोकस गरेर यो क्याम्पेन सार्वजनिक गरिएको हो ।


कार्यक्रममा युवाहरु र बिभिन्न क्षेत्रका नेतृत्व बर्ग सरकारी, कर्पोरेट, सामाजिक क्षेत्रका अगुवा र युएन एजेन्सीका प्रतिनिधिको साथमा मुख्य वक्ताको रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननिय मिनबहादुर शाही, रिनोड मायर कन्ट्रि डाइरेक्टर युएनडीपी नेपाल, पुनित भार्सने प्रबन्ध निर्देशक बोटलर्स नेपाल लि., बिनिता कार्की को फाउन्डर २०३० युथफोर्स र आईसेक कन्ट्रि डाइरेक्टर नारायण एस उपस्थित रहनु भएको थियो ।
आईसेक विश्वका १२० भन्दा बढी मुलुकमा संचालित रहेको छ भने, यसले विश्वब्यापी रुपमा शान्ति र मानवजातिको आवस्यकता पुर्ति गर्न काम गर्दै आइरहेको छ । सो कार्यक्रमले युवाहरुलाई विभिन्न प्ल्याटफर्महरु मार्फत प्रेरणा दिनुका साथै उनिहरुलाई आफ्नो विचार र आफुले गरेको कामको स्वामित्व लिन तयार गर्छ । जसले एउटा राम्रो समाजको विकासमा योगदान दिन्छ ।

यस अभियानको मुख्य लक्ष्य युवाहरुको आईडियालाई ६ विशेष एसडीजी अन्र्तगत देशभर परिचालन गर्नु हो । यस इभेन्टमा युवाहरुलाई विभिन्न समुहमा विभाजन गरेर प्यानल डिस्कसन र वर्कशपमा भाग लिन लगाइएको थियो । साथै उनीहरुको आइडियालाई एसडीजी गन्र्तगत छनोटगरी उत्कृष्ट आइडियाको लागि नगद पुरस्कार र आईसेकको साथ ६ महिनाको इन्कम्बेशन प्राप्त गर्न सक्ने छन् ।

नेपालमा ‘याक्सन फर एसडीजी’ लाई आमन्त्रण आईसेकले गरेको हो । तर, यो मुख्य सहयोगी संस्थाको बिना संम्भब थिएन । यस कार्यक्रमा मुख्य सहयोगीहरु कोकाकोला इन नेपाल, एनसेल, यूएनडीपी नेपाल, एजुकेशन पार्क, नेपाल एसबीआई बैंक र मेरो जब डट कम रहेका छन् । साथै, यस क्याम्पेनका पार्टनरहरु नेशनल युथ काउन्सील, उज्यालो फाउन्डेसन, टुटल, आयोन, नेपाल युथ काउन्सील, इन्भारोमेन्ट एकेडेमी, ग्लोकल खबर, किंङ्स कलेज र युथ थिङकर सोसाइटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij