काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा नयाँ २१३ सहित संक्रमितको संख्या ३४४८ पुगेको जानकारी गराए ।
नयाँ संक्रमित मध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।
नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij