काठमाडाैं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको दोस्रो कार्यकालका लागि म्याद थप भएको छ।
सोमबार बसेको संचालक समितिको बैठकले फुँयाललाई दोस्रो कार्यकालका लागि म्याद थप गरेको हो।
उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट मिति २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको कम्पनीले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij