२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अाज संवैधानिक परिषदको बैठक बस्दै, को बन्ला प्रधानन्यायाधीश ?

अाज संवैधानिक परिषदको बैठक बस्दै, को बन्ला प्रधानन्यायाधीश ?

२९ जेठ । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न संवैधानिक परिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले साँझ ५ बजे परिषद बैठक बोलाएका छन् ।

संसदका दुवै सदनको नियमावली पारित भएसँगै संसदीय सुनुवाई विशेष समिति गठनको बाटो खुलेपछि परिषद बैठकबाट प्रधान न्यायाधीशको नाम सिफारिस गर्न लागिएको हो ।

परिषदले नाम सिफारिस गरेपछि संसदीय सुनुवाई हुँदै राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति हुने संवैधानिक व्यवस्था छ ।

प्रधान न्यायाधीशका लागि यसअघि नै न्यायपरिषद सचिवालयले परिष्ठताका आधारमा दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमसेर जबराको नाम पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij