ल्याटिन अमेरिकी देश इक्वेडरमा कोरोना भाइरसको संक्रमणका कारण निधन भएको भनिएकी ७४ वर्षकी महिला जीवित रहेको खुलेको छ । अस्पतालले मृत घोषित गरेकी वृद्धा जीवितै रहेको थाहा भएको हो।
पहिचानमा गल्ती हुँदा जीवित व्यक्तिलाई मृत घोषित गरिएको अस्पतालले जनाएको छ । अल्बा मारुरीको परिवारलाई गएको महिना अस्पतालले उनको निधन भएको जानकारी दिएको थियो । त्यसपछि अस्पतालले परिवारका सदस्यलाई अल्बाको अस्तु (खरानी) पठायो ।
तर अल्बा तीन हप्ताको कोमाबाट बिहीबार बिउँझिइन्, आफ्नी बहिनीलाई टेलिफोन गरिदिन डाक्टरसँग आग्रह गरिन् ।
उनको परिवारले मृत्यु भइरकेको भनेकी अल्बा जीवितै रहेको थाहा पायो, उनीहरु अति हर्षविभोर भए । तर घरमा आएको अस्तु कसको हो भन्ने उनीहरुलाई थाहा छैन । अस्पतालले आफूबाट भएको गम्भीर गल्तीका लागि माफी मागेको छ ।
LaHistoria@lahistoriaecDe no creer. Alba Maruri, 74 años, paciente de Covid-19 fue dada por muerta el 27 de marzo en hospital del Suburbio y su familia recibió sus cenizas. Resulta que cremaron a otra persona y Alba estuvo inconsciente 3 semanas hasta ayer, que preguntó por su hermana. #Guayaquil
स्थानीय पत्रिका एल कोमेरसिओका अनुसार अल्बालाई गएको महिना उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो । यस्तै उनको स्वासप्रस्वासमा पनि समस्या भएको थियो ।
मार्च २७ मा अस्पतालले परिवारका सदस्यलाई उनको मृत्यु भएको जानकारी दियो । उनको शव भनेर देखाइयो, तर संक्रमणको डरले नजिक जान दिइएन । शव लगियो र अन्तिम परिवारको उपस्थिति बिना अन्तिम संस्कार भयो र अस्पतालले अस्तु पठाइदियो । तर बिहीबार अल्बा होसमा आइन् । डाक्टरलाई घरको फोन नम्बर दिइन् । फोन उनकी बहिनी औराले उठाइन् । त्यसपछि सबै परिवर्तन भयो ।
अस्पतालको एक समूह अल्बाको घरमा माफी माग्नका लागि गयो । कोरोना भाइरसका केसहरु धेरै आएकाले हडबडीमा गल्ती भएको अस्पतालले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij