२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

अस्पतालमै छैन बिजुली र पानी, मारमा बिरामी

अस्पतालमै छैन बिजुली र पानी, मारमा बिरामी

c:ktfndf ljB't / kfgLsf] cefjljB't cefjdf cfkm}n] h]g]/]6/ ef8fdf lnP/ cfdfsf] pkrf/ u/fpFb} lbQm]n ?ksf]6 dem'jfu9L gu/kflnsf–@ ;f]Ndfsf ;Gtf]if /fO{ . lhNnf c:ktfn vf]6fªdf ljB't / vfg]kfgLsf] plrt Joj:yf gx'Fbf la/fdLnfO{ ;f:tL ePsf] 5 . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;

जिल्ला अस्पताल खोटाङमा विद्युत र खानेपानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती भएको छ।

पन्ध्र श्यया रहेको अस्पतालमा विस्तार गरिएको विद्युत् र खानेपानी नियमित सञ्चालन नहुँदा भर्ना भएर उपचार गराइरहेका बिरामीलाई सास्ती भएको हो।  अस्पतालमा विद्युतको उचित व्यवस्था नहुँदा बिरामीका आफन्तले आफै जेनेरेटर भाडामा लिएर चलाइरहेका छन्।

 

अस्पतालमा रहेको जेनेरेटर दुई महिनाअघि देखि बिग्रिएर थन्किएपछि विद्युतकाे वैकल्पिक व्यवस्थाका लागि बिरामीका आफन्तले बाध्य भएर आफैँ भाडा तिरेर जेनेरेटर चलाइरहेका हुन्।  जिल्लाको एक मात्र अस्पतालमा अहिले जडान गरिएको विद्युतबाट बत्ती मात्र बल्ने गरेको छ भने तीन दिनदेखि बन्द रहेको खानेपानी अझै सञ्चालन भएको छैन।

जिल्ला अस्पतालमा जडान गरिएको विद्युत् र खानेपानी आइतबार दिउँसो परेको असिनापानीले एकैसाथ बन्द गराएको अस्पताल स्रोतले जनाएको छ।  अस्पतालमा विस्तार गरिएको कम क्षमताको विद्युतले काम नगरेपछि विशेषगरी श्वासप्रश्वासका बिरामीलाई सबैभन्दा बढी समस्या भएको छ। अस्पतालले कुनै व्यवस्था नगरेपछि आमाको ज्यान बचाउन आफैँले भाडा तिरेर जेनेरेटर चलाइरहेको छ’, पीडित सोल्माका सन्तोष राईले भने यसप्रति तत्काल सम्बन्धित निकायको ध्यान जानुपर्यो।’

दुई दिनअघि देखि अस्पताल भर्ना गराएर आमाको उपचार गराई रहेका राईले जेनेरेटर चलाउन लाग्ने पेट्रोलसमेत आफैले खरिद गरेका छन्। राईकी आमासँगै अस्पताल भर्ना भएर उपचार गराइरहेका अन्य बिरामीका लागि पनि उस्तै समस्या रहेको बिरामीका आफन्तले बताएका छन्।

अस्पतालमा देखिएको समस्या तत्काल समाधान गर्न कार्यालय प्रमुखलाई प्रशासनमै झिकाएर निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिए। अस्पताल भर्ना भएर उपचार गराइरहेका बिरामीका आफन्तले मसँग पटक–पटक गुनासो गरिरहेका छन्, ‘समस्या के हो, तत्काल समाधान गर्न निर्देशन दिएको छु। लामो समयदेखि झेल्दै आएको समस्याको दीर्घकालीन समाधानकालागि स्थलगत निरीक्षण समेत गर्ने तयारी गरेका छौँ।’

अस्पतालले झेल्नु परेको समस्या समाधानका लागि आफूले सक्दो पहल गरिरहेको अस्पतालका प्रमुख डा रामबहादुर केसीले बताए। ‘विद्युतको समस्या दीर्घकालीन रुपमा समाधान गर्न ट्रान्सफर्मर लगायतका सामग्री खरिद गरेका छौ, प्राधिकरणले जडान नगरी दिएपछि हाम्रो केही पत्तो चलेन।’ खानेपानीको हकमा एकजना कर्मचारी नै खटाए पनि उचित व्यवस्था गर्न सकिएको छैन।

मौसम परिवर्तनसँगै अहिले अस्पतालमा बिरामीको चाप पनि बढेको र विद्युत् तथा खानेपानी पर्याप्त नहुँदा झनै समस्या भएको अस्पतालले जनाएको छ। अस्पतालमा विद्युत् र खानेपानी उचित मात्रामा नभएपछि कतिपय बिरामी अस्पताल नजिकै होटलमा बसेर उपचार गराइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij