कानून क्षेत्रमा संलग्न व्यवसायीहरुलाई संगठीत गर्दै पेशालार्इ थप मर्यादित र व्यवस्थित

बनाउने उद्देश्यकाे साथ कन्स्टीच्यूशनल फोरम अफ नेपालको स्थापना गरिएकाे छ । उक्त फाेरमकाे अध्यक्षकाे जिम्मेवारीमा अधिवक्ता अर्जुनकुमार अर्याल रहेका छन् ।
उक्त संस्थाले न्याय तथा कानूनको क्षेत्रमा क्रियाशिल रही विशिष्ट योगदान पुर्याएका न्यायधिश, कानून व्यवसायी, पत्रकार, मानव अधिकारकर्मीहरुलाई सम्मान गर्ने, न्यायधिश, कानून व्यवसायी, न्याय सेवाका कर्मचारी आदिको क्षमता अभिबृद्धि गर्ने उद्येश्य समेत राखिएकाे छ ।
फाेरमले विभिन्न तालिम, प्रशिक्षण लगायतका कार्यक्रमहरु समेत संचालन गर्ने बताईएकोछ् । हाल उक्त फोरममा अधिवक्ताहरु हुम बहादुर खत्री, रविन बोहजु, दीपक बिक्रम मिश्र, बिन्द्रा दुमरु लगायतका व्यक्तिहरू संलग्न रहेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij