एजेन्सी । अमेरीकाले चीनीया कम्युनिष्ट पार्टीका मुख्य नेताहरुमाथि भिसा प्रतिवन्ध लगाएको छ ।
अमेरीकी विदेशमन्त्री माईक पोम्पेओले हङकङ सुरक्षा कानुन पारित गर्न भूमिका खेलेको भन्दै यस्तो प्रतिवन्धको घोषणा गरिएको बताए ।
चीनले अमेरीकाको यो निर्णय गलत भएको भन्दै फिर्ता लिनु पर्ने बताएको छ ।
चीनीया जनकांग्रेसको बैठकको एक दिन अघि अमेरीकाले यो घोषणा गरेको हो ।
यसले चीन अमेरीकाबीच ब्यापार युद्ध हुदै दक्षिणी चीनीया सागरमा देखा परीरहेको तनाबका बीच थप जटिल समस्या पैदा हुने देखिएको छ ।
पोम्पेओले को को नेतामाथि प्रतिवन्ध गरिएको भनेर केही खुलाएका छैनन् ।
अमेरीका स्थित चीनीया दुतावासले यो गलत निर्णय भएको र अमेरीकाले फिर्ता लिनु पर्ने विज्ञप्ति जारी गरेर माग गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij