२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

अमेरिकामा आफन्त हुनेहरु मात्र प्रवेश गर्न पाउनेः आप्रवासी प्रतिबन्ध कार्यान्वयन भएसँगै नयाँ नियम लागू

अमेरिकामा आफन्त हुनेहरु मात्र प्रवेश गर्न पाउनेः आप्रवासी प्रतिबन्ध कार्यान्वयन भएसँगै नयाँ नियम लागू

काठमाडौं । ६ मुश्लिम देश र सम्पूर्ण शरणार्थीका लागि अमेरिका प्रवेश थप कष्टकर बनेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको विवादास्पद आप्रवासीमाथि लगाइएको यात्रा प्रतिबन्ध कार्यान्वयनमा आएपछि यस्तो भएको हो ।

अमेरिकाले ६ मुश्लिम देशमा नागरिक र शरणार्थीलाई भिसा दिनका लागि नयाँ मापदण्ड तय गरेको छ । नयाँ नियम अनुसार यी देशका भिसा आवेदक वा शरणार्थीको अमेरिकामा परिवार वा व्यवसायिक सम्बन्ध हुन आवश्यक छ । यो शर्त पूरा भएमात्र उनीहरुलाई भिसा जारी गरिनेछ ।

अमेरिकी दूतावास र कन्सुलेटलाई पठाईएको नयाँ नियम अनुसार आप्रवासी प्रतिबन्धको दायरामा आउने ६ मुश्लिम देशका नागरिकले अमेरिकामा बसिरहेका आफ्ना आफन्तसँगको सम्बन्धको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

भिसाका लागि उनीहरुले अमेरिकामा बसिरहेका आमा–बुवा, सन्तान, श्रीमान, ज्वाईं, बुहारी वा भाइ–बहिनीजस्ता नजिकका आफन्तसँगको सम्बन्धको प्रमाण दिनुपर्ने हुन्छ ।

नयाँ नियममा हजुरबुवा हजुरआमा, नाती नातिना, काका–काकी, भतिजा भतिनी, नन्द, देवरलाई नजिकका आफन्तमा समावेश गरिएको छैन ।

स्मरण रहोस् ट्रम्पको ६ मुश्लिम देशमाथि आप्रवासी प्रतिबन्धको आदेशलाई सर्वोच्च अदालतले आंशिक रुपमा बहाल गरेको थियो । अदालतले अर्को सुनुवाई अक्टोबरमा तय गरेको छ ।

अमेरिकासँग व्यवसायिक सम्बन्ध हुने र उच्च शिक्षाका लागि अमेरिका आउन चाहनेहरुका लागि भने उक्त नयाँ नियम लागू हुँदैन ।

पेरिस, लण्डन, ब्रसेल्स र बर्लिनमा भएको चरमपन्थी हमलाको उदाहरण दिँदै ट्रम्पले अमेरिकाको सुरक्षाका लागि यात्रा प्रतिबन्ध अत्यावश्यक भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij