२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अब पुरुष बेचबिखनका घटना पनि बाहिर ल्याइने

अब पुरुष बेचबिखनका घटना पनि बाहिर ल्याइने

मानव बेचबखिनविरुद्धको राष्ट्रिय सञ्जालले अब बेचबिखनमा परेका पुरुषहरुको पक्षमा पनि अभियान सञ्चालन गर्ने भएको छ । सञ्जालको काठमाडौंमा बसेको दोस्रो बैठकले ५ वर्षे रणनीतिक योजना बनाउँदै बेचबिखन पीडित पुरुषहरुका घटना पनि बाहिर ल्याउने निर्णय गरेको हो ।

अहिलेसम्म बेचबिखन प्रभावित भन्नेबित्तिकै महिलाका घटनामात्र आउने गरेका छन् । वैदेशिक रोजगारलगायतका विभिन्न कारणले पुरुष पनि बेचबिखन तथा यौनजन्य हिंसामा पर्ने गरेका घटना छन् । तर अहिलेसम्म पीडित पुरुष बेचबिखनमा परेका घटना भने बाहिर आएका छैनन् ।

बेचबिखन प्रभावितहरुको राष्ट्रिय सन्जालकी अध्यक्ष चरिमाया तामाङको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखनविरुद्धको अभियान सशक्त बनाउन प्रभावित आफैंले आवाज उठाउनु पहिलो शर्त भएको निश्कर्ष निकालेको छ । सञ्जालले प्रभावित पुरुषहरुको पक्षमा पनि वकालत गर्ने तामाङले बताइन् ।

गत भदौमा देशभरका बेचबिखन प्रभावित महिलाहरुको भेलाले चरिमायाको नेतृत्वमा राष्ट्रिय सञ्जाल गठन गरेको थियो । बेचबिखन प्रभावितहरुको खोजी, उद्दार तथा स्वदेशफिर्तीलाई सञ्जालले अझ सशक्त ढंगले अघि बढाउने भएको छ ।

सञ्जाललाई अमेरिकी सहयोग नियोग युएसआईडी र बेलायती सहयोग नियोग युकेएडले आर्थिक सहयोग गरेका छन् भने विनरक इन्टरनेशनलले यसको कार्यान्वयनमा सघाएको छ ।

बेचबिखन प्रभावितहरुको पहिलो संस्था शक्ति समूहको आयोजनामा सञ्जालको रणनीतिक योजना कार्यान्वयन बैठक बसेको उनले चरिमायाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij