विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकामा एक लाख ९० हजार भन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको छ ।
संक्रमण नियन्त्रणका लागि अपनाइएक महत्वपूर्ण उपायहरु असफल भएमा कोरोना भाइरसको महामारीको पहिलो वर्षमा नै कोभिड–१९ का कारण निकै ठूलाे क्षति हुने अफ्रिकामा कोरोना भाइरसको संक्रमण सम्बन्धमा गरिएको एक अनुसन्धानले निष्कर्ष निकालेकाे छ ।
अफ्रिकामा जोखिम उच्च रहेको आंकलन गर्दै अहिले सुस्त गतिमा संक्रमण फैलिएको समेत बताएकाे छ । अफ्रिकाको सबैभन्दा बढी जनसंख्या युक्त देश नाइजेरियासहित दक्षिण अफ्रिकाले लकडाउन केही खुकुलो बनाउन थालेपछि डब्लुएचओको यस्ताे चेतावनी आएको हो ।
अफ्रिका क्षेत्रमा रहेको इजिप्ट, लिबिया, ट्युनिशिया, मोरक्को, एरिट्रिया, सुडान, सोमालिया सहितका ४७ देशमा गरिएको अनुसन्धानपछि डब्लुएचओले यस्ताे चेतावनी दिएको हो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij