भैरहवा, पुष १० । भारतको नयां दिल्ली स्थित तालकोटा रंगशालामा पुस १३ र १४ (डिसेम्बर २८ र २९ ) मा हुन गईरहेको तेस्रो दक्षिण एशियाली अन्तर्राष्ट्रिय कराँते तथा किक बक्सिङ च्याम्पियनसिप प्रतियोगिताको लागि नेपालबाट भाग लिने खेलाडी छनौटको घोषणा गरिएको छ ।
भैरहवामा पत्रकार सम्मेलन गरी नेपालको तर्फबाट दिल्लीमा हुन गईरहेको प्रतियोगितामा भाग लिने प्रतियोगी र अफिसियल सार्वजनिक गरिएको हो ।
उक्त प्रतियोगितामा पश्चिमान्चल कराँते महासंघका अध्यक्ष भरत बहादुर के.सी. र जापान गोजु रियो कराते डो मिसन संघ नेपालका चिफ कोच तथा फाउन्डर के.बि राना (काजी)को नेतृत्वमा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो ।
‘राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागि खेलकुद’ भन्ने नाराका साथ खेलकुद प्रतीयोगीतामा सहभागी हुनलागेको करातें महासंघ रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगरले जानकारी गराए ।
नेपाल सहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दीभ्सका खेलाडीबीच हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट १२ वर्ष उमेर समुहमा शाहिल गुरुंग (२५ केजी समुह), प्रीयंका थापा (४० केजी समुह), प्रशान्त थापा (३० केजी समुह) र प्रसुन शाही (३५ केजी समुह) ले प्रतिसपर्धा गर्ने भएका छन् ।
यसैगरी १४ वर्ष उमेर समुहमा दिबीन गुरुंग (३५ केजी समुह) कृतिमा गौतम (४० केजी समुह) , रिजन पाण्डे (४० केजी समुह), शिबम बस्नेत (५० केजी समुह) र एलिसा घिमिरे (४० केजी समुह ) रहेका छन् । यसैगरी १७ वर्ष उमेर समुहमा प्रतिसपर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी समुह) , सुमन परियार (६० केजी समुह) , कनिशाक राना (५५ केजी समुह) , सिबानी बस्नेत ( ४५ केजी समुह) , विपना जिएम (५५ उमेर समुह) र सुस्मा पान्डे (५० केजी समुह) बाट प्रतिसपर्धा गर्दैछन् ।
नेपालको तर्फबाट सहभागी हुने उक्त टोलीको छनौट गएको मंसिर १८ र १९ गते भएको थियो । खेलाडीसंगै प्रतियोगितामा नेपालको तर्फबाट सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर, भिमसेन थापा , नागरिक दैनिकका व्युरो प्रमुख शेरबहादुर के.सी र कारोबार दैनिकका व्युरो प्रमुख मनोरन्जन शर्मा सहित ३० सदस्यीय टोली पुस ११ गते भारत तर्फ जान लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij