२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

अनुगमन व्यवहारिक हुनुपर्यो

अनुगमन व्यवहारिक हुनुपर्यो

देवेन्द्रभक्त श्रेष्ठ खाद्य व्यवसायी

अहिलेको अवस्थामा खाद्यान्न अभाव छैन । हामीले बजारमा सहजै उपलब्ध गराइरहेका छौं । यस्तो अवस्थामा व्यवसायलाई पारदर्शि र व्यवस्थित बनाउन राज्य विशेष तयारी सहित अघी बढेको छ ।

यसको लागि व्यवसाय सञ्चालनको क्रममा वाणिज्य तथा आपुर्ति मन्त्रालय एवं विभिन्न उपभोक्तावादी संस्थाहरुले आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेका छन् । हामी व्यवसायीहरुले यस नीतिको स्वागत गर्छौं । यद्यपि सानो कारोवार हुने पसललाई समेत सिधै २ लाख जरिवाना गर्ने काम प्रति हामी व्यवसायीहरु खेद व्यक्त गर्दछौं ।

सरकारले कारवाही गर्नुपूर्व सबैलाई राम्रोसँग व्यावसायिक नीतिहरु बारे व्यवसायीलाई समेत सचेत गराउनुपर्छ । साथै कस्तो अवस्थामा कुन किसिमको कारवाही गर्ने भन्नेमा पनि पुनर्विचार गर्नु जरुरी छ । व्यवसायीलाई आतङ्कित बनाएर समाधान निस्कँदैन । यसको दिगो र व्यावहारिक समाधान खोज्नु जरुरी रहन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij