जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको घाँटीमा संक्रमण देखिएको छ । चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको
चिकित्सकहरुले बताएका छन् । उनको आवाजमा समेत परिवर्तन आएको छ ।
उनको रगतमा सेतो कोषिकाको मात्रा कम हुनुका साथै घाँटी दुख्ने, घाटी खसखसाउने, खोकी लाग्ने, पेट दुख्ने, मुटुको चालमा गडबडी हुने, मांसपेशी बाउडिने जस्ता समस्या देखिएको छ । उनको रगतमा म्याग्नेसियमको मात्रा समेत कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
डा. केसी निकट डा. विषद दाहालले भने, ‘डा. केसीको अवस्था नाजुक हुँदै गएको छ । उनमा प्रत्येक पटक नयाँनयाँ समस्या देखिँदै गएकोमा अहिले फेरेन्जाइटिस देखिएको छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij