२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

अधिकांश क्याम्पसमा आज स्ववियु निर्वाचन

अधिकांश क्याम्पसमा आज स्ववियु निर्वाचन

काठमाडौं, ५ चैत – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। त्रिवि केन्द्रीय क्याम्पसमा भने निर्वाचन आगामी चैत ८ गते हुनेछ।

विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु चयन गरिनेछ, जसमा ११ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने १० जना समानुपातिक प्रणालीबाट चयन गरिनेछन्। विश्वविद्यालय क्याम्पसमा कूल ६,१४६ मतदाता रहेका छन्, जसले मतदान गरी नेतृत्व चयन गर्नेछन्।

स्ववियुका अध्यक्ष, सचिव र कोषाध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि ती पदहरूमा चयन गरिनेछ। यदि कुनै विद्यार्थी संगठनले स्पष्ट बहुमत ल्याएमा उपाध्यक्ष र उपसचिव सोही संगठनबाट चयन गरिनेछ, अन्यथा सहमतिबाट निर्णय गरिनेछ। सहमति नबनेमा निर्वाचित २१ सदस्यहरूको मतदानमार्फत उपाध्यक्ष र उपसचिवको छनोट गरिने व्यवस्था छ।

यसपटक विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) प्रयोग गरिनेछ। निर्वाचनका लागि २० वटा EVM उपकरणहरू प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ।

यसैबीच, स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले नक्कली परिचयपत्र (फर्जी कार्ड) वितरण गरेको आरोप लगाउँदै अनेरास्ववियुले तालाबन्दी गरेको हो। संगठनले निष्पक्ष छानबिनको मागसमेत गरेको छ।

सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँसेर निर्वाचन स्थगित गरिएको जानकारी गराएका छन्। सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी संगठनहरू अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ।

आज हुने स्ववियु निर्वाचनको अनुगमन राष्ट्रिय मानव अधिकार आयोगले गर्ने भएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij