केहि महिनाअघि अदुवामा विरोध अवरोध गरेको भारतले अहिले चिया निकासीमा अत्तो थाप्न सुरु गरेको छ । भारतीय भन्सारको झन्झटिलो प्रक्रियाका कारण एक सातादेखि चिया निकासी ठप्प छ । चिया बोकेका एक दर्जन ट्रक पानीट्यांकी भन्सार परिसरमा थन्किएका छन् । आजको कान्तिपुरले पृष्ठ ११ मा यो समाचार छापेको छ । 
समाचारमा लेखिएको छ, नेपाली चियामा भारतले अवरोध गर्न खोजेको पहिल्यै हो । करिब दुई बर्षअघि भारतका तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीको दार्जलिङ भमणका बेला दार्जलिङ टी एसोसियसनले नेपाली चिया निकासी रोक्न माग गर्दै ज्ञापनपत्र नै बुझाएको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij