२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो कोभिड हेल्प डेस्क

अखिल (क्रान्तिकारी) ले सुरु गर्‍यो कोभिड हेल्प डेस्क

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कोभिड हेल्प डेस्क सुरु गरेको छ। कोरोनाको दोस्रो लहरका कारण मुलुकको अवस्था भयावह र त्रासदीपूर्ण बनेकाले कोभिड संकटमा सामान्य सहयोग पुर्याउने हेतुले कोभिड हेल्प डेस्क सुरु गरिएको सो संगठनले जनाएको छ ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले एक विज्ञप्ति जारी गरी उपचारका लागि अस्पतालका बेड, आईसीयू, भेन्टिलेटर नपाएर दैनिक सयौं संक्रमितहरु मृत्युवरण गर्न बाध्य भएको र अक्सिजनको अभावमा अस्पताल,आईसोलेसन र क्वारेन्टाईन वधशालामा परिणत हुँदै गएको बताउँदै सरकारलाई अविलम्ब नागरिकको स्वास्थ्य उपचारमा ध्यान पुर्याउन माग गरेका छन् ।

क्रान्तिकारीले तत्काल स्वास्थ्य संकटकाल लगाएर देशका श्रोत साधन परिचालन र विदेशी सहायता, दातृ निकायसँगको समन्वय लगायतका विकल्पको समुचित परिचालन मार्फत भयावह अवस्थामा गम्भिर बन्न नेपाल सरकार, सम्पुर्ण राजनीतिक दल, बिभिन्न जिम्मेवार निकायहरुलाइ अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij