२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

आम नागरिकको विश्वास र भरोसा अटुट रहने सांग्रिला डेभलपमेन्ट बैंकको विश्वास

आम नागरिकको विश्वास र भरोसा अटुट रहने सांग्रिला डेभलपमेन्ट बैंकको विश्वास

काठमाडौं, १ माघः  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडलकोे २०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार एक कार्यक्रम गर्दै बैंकले आफ्नो वार्षिक उत्सव मनाएको हो ।

काठमाडौंमा आयोजित सभाले बोनस सेयर तथा कर भुक्तानी र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । प्रतिवेदन अनुसार बैंकको १२ करोड ५२ लाख ८४ हजार ४१७ रुपैयाँ बोनस सेयर तथा कर भुक्तानी प्रयोजनका लागि र ६५ लाख ९३ हजार ९१७ रुपैयाँ नगद लाभांश वितरण गर्न योग्य छ । यो बैंकको चुक्ता पूँजीको  बोनस सेयर तथा कर भुक्तानी प्रयोजन तर्फ ३.६५१६ प्रतिशत र नगद लाभांश वितरण तर्फ ०.१९२२ प्रतिशत हो । यस वर्ष बैंकको चुक्ता पूँजी ३ अर्ब ४३ करोड ९ लाख ७१ हजार ३०२ रुपैयाँ ५५ पैसाबाट ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँ ५५ पैसा पुगेको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दैे आगामी दिनमा यसलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । यसबाट आम नागरिकको प्रगाढ विश्वास र भरोसा अटुट रहने बैंकले विश्वास लिएको छ । साधारण सभाले आ.व.२०८०/८१ को वित्तीय विवरणसहित लेखा परीक्षकको नियुक्ति, प्रवन्धपत्र संशोधन, मर्जर तथा प्राप्ति लगायतका प्रस्ताव समेत पारित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij