काठमाडौं । मधेशी एकता समाज, यूएईले दुबईको जाबिल पार्कमा नयाँ वर्ष २०२५ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमले मधेशी समुदायको एकता, सांस्कृतिक पहिचान र समग्र प्रगतिका लागि नयाँ ऊर्जा थपेको आयोजकले उल्लेख गरेकाे छ ।
मधेशी एकता समाजले याे नयाँ वर्ष नयाँ लागि रोशन मार्र्कसिस्टको नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन गरेकाे छ भने महासचिवमा एस के यादव, सहअध्यक्ष एवं प्रवक्तामा शैलेन्द्र राय र सहअध्यक्षमा राम साह चयन हुनुभयाे । त्यस्तै समाजको मधेशी व्यवसायी परिषद्को संयोजकमा कविन्द्र यादव र युवा संयोजकमा आदित्य अटल नियुक्ति हुनुभयाे ।
त्यस अवसरमा एकता समाजका संस्थापक डाक्टर रविन्द्र कुमार यादव र अफजल हुसैन (गुलजार) मधेशी समुदायमा उल्लेखनीय योगदान दिनुभएकोमा सम्मानित हुनुभयाे । व्यवसायीहरु कविन्द्र यादव, बिनेश यादव र गणेश पुर्बे तथा प्रमुख सल्लाहकार र संस्थापक सदस्यहरू मुकेश झा र तनवीर आलमलाई पनि गम्छा ओढाएर सम्मान गरिएको हाे । यस्तै निवर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबार यादवलाई सफल कार्यकाल लागि धन्यवाद व्यक्त गरिएको थियो ।
संस्थापक डाक्टर रविन्द्र यादवले मधेशी एकता समाजको स्थापना, उद्देश्य र विगतका सफलताबारे प्रकाश पार्दै मधेशी समुदायलाई एकता र सामूहिक प्रगतिका लागि माथि उठ्न आह्वान गर्नुभएकाे छ । मधेशी एकता समाजले आफ्नो स्थापना कालदेखि नै नेपाली मधेशी समुदायका लागि छाता संगठनको रूपमा कार्य गर्दै आएको र यसको गतिविधि हालसम्म विश्वका प्रायः सबै देशमा फैलिएको उहाँले बताउँनुभयाे ।
डाक्टर यादवले संयुक्त राष्ट्र संघको अल्पसंख्यक मञ्चमा हालैको आफ्नो सहभागिता र काठमाडौंमा भएको एकता समाजको अन्तरक्रिया कार्यक्रमका जानकारी गराउनँदै मधेशी समुदायको सांस्कृतिक पहिचानको संरक्षण र सुन्दर भविष्यका लागि मधेशी एकता समाजको सन्देश नयाँ पुस्तामा पुर्याउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा व्यवसायीह, श्रमिक वर्ग, विद्यार्थी, आगन्तुक र बौद्धिक क्षेत्रका विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेकाे थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij