२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

अब सवारी चालक अनुमति पत्रका विवरणहरु प्रदेशस्तरबाटै सच्याउन सकिने

अब सवारी चालक अनुमति पत्रका विवरणहरु प्रदेशस्तरबाटै सच्याउन सकिने

  • सोमबार, मंसिर २४ २०८१

काठमाडाैं । सरकारले सवारी चालक अनुमति पत्रमा बायोमेट्रिक बाहेकका विवरण प्रदेशस्तरमा सच्याउन पाउने व्यवस्था गरेको छ ।

आम नागरिक र सेवाग्राहीलाई सहज हुने र सेवा प्रवाहको दृष्टिले समेत प्रभावकारी हुने देखिएकोले सवारी चालक अनुमति पत्र आवेदकहरुको बायोमेट्रिक बाहेकका विवरण सच्याउन प्रदेश मातहतका यातायात कार्यालयबाट पाउने गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

नेपालको संविधान, २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार पनि प्रदेशलाई दिएको छ । सोहि अधिकारलाई मध्यनजर गरी २०८१ मंसिर १० गतेको विभागस्तरीय निर्णयानुसार यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij