२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेकपा (एमाले)को चाडपर्व लक्षित शुभकामना आदान प्रदान तथा मुल्यांकन घोषणा कार्यक्रम सम्पन्न

नेकपा (एमाले)को चाडपर्व लक्षित शुभकामना आदान प्रदान तथा मुल्यांकन घोषणा कार्यक्रम सम्पन्न

 

काठमाडौँ। नेकपा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको विभिन्न चाडवाड लक्षित शुभकामना आदान प्रदान तथा मुल्यांकन घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी उपाध्यक्ष कमरेड युबराज ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता सम्पर्क समन्वय कमिटी संयोजक कमरेड श्याम कुमार बस्नेतले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ज्ञवालीले पानसमा बत्ति बालेर गर्नुभएको थियो ।

जिल्ला सम्पर्क मंचहरुको बार्षिक गतिविधिमा आधारित भएर गरिएको मुल्यांकनमा रामेछाप सम्पर्क मन्च प्रथम भएको छ । यस्तै समग्र सम्पर्क मन्चहरुमा गुल्मी जिल्ला सम्पर्क मंचले द्धितिय स्थानमा आफ्नो नाम लेखाउन सफल भएको छ । तृतीय स्थान हासिल गर्न ओखलढुंगा मन्च सफल भएको छ ।

समग्र मुल्यांकनमा प्रदेश सम्पर्क कमिटीहरुमा बागमती प्रदेश सम्पर्क कमिटीले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

यसैगरी लुम्बिनी प्रदेश सम्पर्क कमिटी द्धितिय स्थानमा पर्न सफल भएको छ । तृतीय स्थानमा भने बागमती प्रदेश सम्पर्क कमिटिले बाजि मारेको छ ।

कार्यक्रममा पार्टी उपाध्यक्ष ज्ञवालीले पार्टी जिवनकालागी सम्पर्क मंचहरुका गतिविधि बिरामिका लागी स्लाइन पानीजस्तै भएको बताउनु भयो ।

कार्यक्रमलाइ सम्पर्क समन्वय कमिटी इन्चार्ज तथा स्थायी कमिटी सदस्य कमरेड लालबाबु पण्डितले पनि सम्बोधन गर्नुभएको थियो ।

विभिन्न प्रदेशको स्थानीयता झल्किने सास्कृतिक कार्यक्रम र झाकिहरुले कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन समेत प्रदान गरेका थिए । साथमा राष्ट्रिय जनसास्कृतिक महासङ्घका कलाकारहरुको प्रस्तुतिले उपस्थित सबैलाई उत्साहित बनाएको थियो ।

पार्टीको सम्पार्क बिभागका प्रथम इन्चार्ज कमरेड मोहनचन्द्र अधिकारीलाई प्रमुख अतिथि ज्ञवालीले सम्मान गर्नभएको थियो । कार्यक्रममा पार्टी केन्द्रिय सदस्य कमरेड नरेन्द्र श्रेष्ठ , केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज कमरेड इन्द्र भण्डारी सहितका नेताहरूले अतिथ्यता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij