२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

स्टार्टअप उद्यमीले गर्ने केही मुख्य गल्तीहरु

स्टार्टअप उद्यमीले गर्ने केही मुख्य गल्तीहरु

 

ठूलो व्यापारमा बदलिनु भन्दा पहिले शुरुवाती दिनमा स्टार्टअप उद्यमीले सानो टिममा काम गरेका हुन्छन् । बजारमा नियमित प्रचलनमा आइनसकेका वस्तु, सेवा, अवधारणामा यस्ता उद्यमीहरुले काम गरेका हुन्छन् । जसले गर्दा यस्ता उद्यमीहरुको बार्षिक कारोबार स्थापित कम्पनीहरुको जस्तो एकै किसिमको नहुन सक्छ । यस किसिमको नयाँ अवधारणामा काम गर्ने कम्पनीले राम्रो सम्भावना बोकेका हुन्छन् । तथापि यस किसिमका नयाँ अवधारणामा आधारित व्यवसायमा जोखिम समेत उच्च हुन्छ ।

स्टार्टअप उद्यमीका मुख्य गल्ती–कमजोरीहरु

यस किसिमले नयाँ अवधारणामा काम गर्ने स्टार्टअप उद्यमीहरुको केही सीमाहरु हुन्छन् । जसले गर्दा स्टार्टअप उद्यमीले आफूले चाहेबमोजिम कम्पनीलाई अघी बढाउन र राम्रो प्रगति गर्न सकेको हुँदैन । स्टार्टअप उद्यमीको लागि निम्न चुनौतीहरु आइपर्न सक्छन् ।

  1. आफ्नो आइडियामा पूर्णत विश्वास नहुनु
  2. प्रयाप्त बजार अनुसन्धान नहुनु र तथ्यांक उपलब्ध नहुनु,
  3. थुप्रै प्रयत्नहरु सफल हुन नसक्नु
  4. प्रयाप्त जनशक्ति र विषेशज्ञहरु नहुँदा सबै कामको बोझ–दायित्व एउटै व्यक्तिलाई पर्न जानु
  5. काममा ढिलासुस्ती र आलटाल
  6. व्यवसाय सञ्चालनको लागि स्पष्ट योजना र खाका बनाउन नसक्नु
  7. प्रयाप्त पुँजीको अभाव
  8. व्यवस्थापकीय, कानुनी ज्ञानको अभाव
  9. वित्तीय संस्थाको विश्वास प्राप्त गर्न नसक्नु
  10. सिष्टम विकास गर्न नसक्दा कामले गति पाउन नसक्नु

जसले गर्दा निम्न किसिमका गल्तीहरु गर्न पुग्छन् ।

  1. उच्च महत्वकांक्षा
  2. आफूसँग उपलब्ध पूँजी एकैपटक लगानी
  3. योजनालाई पटक–पटक परीक्षण गर्नको लागि प्रशस्त आर्थिक श्रोत नहुँदा काम बीचैमा छोड्नु
  4. तनाव व्यवस्थापन गर्न नसके मानसिक स्वास्थ्यको शिकार हुने
  5. कर्जा तिर्ने बलियो आधार बिना कर्जा लिँदा भुक्तानीमा हुने समस्या
  6. सम्बन्धित क्षेत्रका विषयविज्ञको रायसल्लाह नलिनु

प्रयाप्त बजेटको अभाव, आफ्नो आइडियामा पटक–पटक परीक्षणको आवश्यकता, व्यवसाय सेटअप, टीम व्यवस्थापन, समय व्यवस्थापन, उपकरण र प्रविधि व्यवस्थापन, श्रोत व्यवस्थापन, परिवारको असहायता लगायतका कुराहरु पनि चुनौतीको रुपमा रहिरहन्छन् । केही कानुनी पक्षहरु बाधक बन्न सक्छन् ।

मूलतः यसरी नयाँ आइडियामा काम गर्ने चाहना एउटा तहको औपचारिक शिक्षा हासिल गरेर सेवा बजारमा प्रवेश गर्ने युवाहरुले नै बढी मात्रामा पहिचान गर्ने अवस्था रहन सक्छ । पहिलो कुरा त उनीहरुलाई व्यावहारिक रुपमा व्यावसायिक ज्ञानको अभाव रहन सक्छ । यसैगरी कानुनी एवं अन्य प्राविधिक पक्षहरुले पनि स्टार्टअप उद्यम विकासको लागि केही बाधा सृजना भईरहेको हुन सक्छ । जसले गर्दा नेपालमा पनि अधिकांश नयाँ अवधारणामा अघी बढेका कामहरु लामो समय सम्म टिक्न र सफल हुन नसकेको स्थिति देखिन्छ ।

  • कमल पन्थी

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij