२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सेलेना कान्छी अर्बपति

सेलेना कान्छी अर्बपति

काठमाडौं । विश्वचर्चित पप स्टार तथा अभिनेत्री सेलेना गोमेज अमेरिकाको कान्छी अर्बपती महिला बनेकी छन्। सौन्दर्य सामग्री उत्पादक कम्पनी द रेयर ब्युटीको संस्थापकसमेत रहेकी ३२ वर्षिया सुन्दरी सेलेनाको सम्पत्ती कुल १.३ बिलियन अमेरिकी डलर रहेको छ।

सेलेना अर्बपतिको सूचिमा आउनुको प्रमुख स्रोत भने उनको ब्युटी ब्राण्ड हो। जुन उनले सन् २०१९ मा स्थापना गरेकी थिइन्।

विश्वका ५ सय धनाढ्यको कूल सम्पत्तिको दैनिक रुपमा र्‍याङ्किङ गर्ने वेबसाईट ब्लुमवर्गको रिपोर्टअनुुसार सेलेनाको सम्पत्तिको ८० प्रतिशत हिस्सा उनको ब्राण्डले ओगटेको छ भने बाँकी उनको गीत संगीत र कन्सर्ट रहेको छ। तथ्याङ्कअनुसार पछिल्लो १२ महिनामा उनको ब्राण्डले ४ सय मिलियन डलरको सामान बिक्री गरेको छ ।

सन् १९९२ मा अमेरीकाको ग्राण्ड प्रेरी टेक्सासमा जन्मिएकी उनले सात वर्षको उमेरमा बाल टेलिश्रृंखला बार्नी एण्ड फ्रेन्ड्सबाट अभिनय यात्रा सुरू गरेकी थिइन्। किशोरावस्थामा पुगेपछि उनी विजार्डस् अव वेभर्ली प्लेस एलेक्समा रुसोको भूमिकामा अभिनय गरेर चर्चामा अँएकी थिइन्।

उनले टेलिभिजनका साथै एनादर सिन्ड्रेला स्टोरी, रमोन एण्ड बिजस, स्प्रिङ ब्रेकर्स, द डेड डोन्ड डाई, अ रेनी डे ईन न्युयोर्कजस्ता फिल्ममा अभिनय गरेकी छन्। सेलेना सामाजिकसञ्जाल ईन्स्टाग्राममा दश मिलियन फ्लोअर्स कमाउने पहिलो सेलिब्रेटी हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij