२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

उत्कृष्ट ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)

उत्कृष्ट ४० जना निजामती कर्मचारी पुरस्कृत (सूचीसहित)

काठमाडौं । सरकारले २१औँ निजामती सेवा दिवसको अवसरमा विभिन्न ४० जना उत्कृष्ट निजामती कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गरिएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

शनिबार सिंहदरबार परिसरमा आयोजित निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेका छन् । निजामती सेवा नियमावली २०५० को नियम ११६क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार प्रदान गरिएको हो ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउने गरिएको छ । कार्यक्रममा अघिल्लो वर्ष र यो वर्षका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij