२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीकाे कानून विभागले पायाे पूर्णता

नेकपा एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीकाे कानून विभागले पायाे पूर्णता

संयाेजकमा अर्याल

 

काठमाडाैं । नेकपा-एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटिको मिति २०८१ जेठ १९ गते बसेको तेश्रो पूर्ण बैठकले क.शारदा अर्याललाई कानून विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको थियो।

विभागीय जिम्मेवारी प्रदान गरिएपश्चात् सोहि दिन देखि नै निरन्तर विभागीय प्रमुखको हैसियतले लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्ला सम्पर्क मञ्चका अध्यक्ष कमरेडहरुलाई आ-आफ्नो जिल्ला सम्पर्क मञ्च मार्फत् एक महिला सहित २ जना कानुन पढेका अधिवक्ता, अभिकर्ताहरु र कानुनका विद्यार्थीहरुसमेत समावेश हुने गरी नाम लिस्ट उपलब्ध गराउन अनुरोध गरिएको थियो।


सिफारिस नामावली तयार गरी छलफलमा ल्याउनका निम्ति पूर्व सूचना र जानकारी गराउँदै यसलाई मिति २०८१ भाद्र ०९ गतेका दिन लुम्विनी प्रदेश सम्पर्क कमिटिको कार्यालयमा कानून विभागका संयोजक क. शारदा अर्यालको अध्यक्षतामा भेला आयोजना गरिएको थियाे ।

सो भेला मार्फत् लुम्विनी प्रदेश सम्पर्क कमिटीको कानून विभाग गठन गरिएको र विभागलाई पूर्णता प्रदान गर्ने काम गरिएको छ। उक्त कार्यकमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमाले सम्पर्क समन्वय कमिटिका सह-संयोजक क.थानेश्वर बस्याल रहनु भएको थियो भने लुम्वीनी प्रदेश सम्पर्क कमिटिका अध्यक्ष श्रीप्रसाद पाण्डेले विशिष्ठ अतिथि, सचिव क.पुर्ण खत्री, उप-सचिव द्वय क.ऋषिराम भुसाल र क.रोमाकान्त ज्ञवाली र विभागका इन्चार्ज रमेश काउछाको आतिथ्यता रहेको थियो।

प्रदेश सम्पर्क कमिटि सदस्य रहनुभएका क.सबिन खड्का, क.सन्तोष लम्साल, क.गौरव डाँगी, क.राजाराम घिमिरे लगायत २५ बढी संख्यामा उपस्थिति रहेको थियो।

गठन गरिएको विभागमा क.आदित्य पूरी सचिव र क.बाबुराम खड्का कोषाध्यक्ष रहेको १९ सदस्यीय कमिटि गठन गरियो।

कमिटिको पूर्ण बैठक तत्काल बस्ने र आगामी कार्यक्रममा विभागका सदस्यहरूको शपथ ग्रहण गर्ने तथा बिशेष बार तथा श्री उच्च अदालत पाटनको बारमा निर्वाचित हुनुभएका लुम्वीनी प्रदेश भित्रका PPLA मातहतका निर्वाचित कमरेडहरूलाई PPLA का केन्द्रिय नेता तथा वरिष्ठ कानून ब्यवसायीका बीच एक कार्यक्रम गरि सम्मान गर्ने, कानूनसँग सम्वन्धित विषयमा सचेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने समेतका कार्य योजना तयार गरि विभागले प्रस्ताव पारित गरेको छ ।

पार्टी पद्धति भित्र माथिल्लो कमिटीको प्रत्यक्ष निगरानी हुने र कार्य सम्पादन मूल्यांकन हुने गरेकोमा आगामी महिना भित्र लुम्विनी प्रदेश भित्रका सबै कानून ब्यवसायीहरूको तथ्याङ्क सङ्कलन गरी अभिलेख राख्न प्रदेश सम्पर्क कमिटि अध्यक्षले कानून विभागलाई निर्देशन दिनु भएको थियो।

सोहि विषयमा थप प्रष्ट पार्दै प्रमुख अतिथि क. थानेश्वर बस्यालले समसामयिक राजनीतिक संवैधानिक विषयको सन्दर्भमा आगामी कार्यक्रममा विभागका सदस्यहरूको उल्लेख भूमिका हुने गरी संविधान संशोधनका सम्बन्धमा उठेको राष्ट्रीय बहसलाई सल्लाह र सुझावको लागि बिज्ञहरुसँगको बृहत अन्तरक्रिया कार्यक्रम राख्न निर्देशन दिनु भएको थियो भने पार्टि अनुशासन, बैठकको मर्यादा लगायतका विषयमा जानाकारी गराउनु भएको थियो।

उहाँले पद ओगटेर काम नगर्ने लाई हटाउनु पर्ने भन्ने समेत निर्देशन दिनु भएको थियो। कार्यक्रममा कानूनका विद्यार्थीहरु क.ओबिलाल विक र क.प्रकाश सुनुवारको पनि उपस्थिति रहेको थियो। त्यस्तै कमिटिको कार्यक्रम सहज रुपमा अगाडि बढाउन क. सन्तोष लम्सालले आर्थिक सहयोग उपलब्ध गराउँदै हरपल सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। समग्रमा कार्यक्रम समावेशी प्रतिनिधित्व हुने गरी १९ सदस्यीय कानून बिभाग गठन सँगसंङ्गै भब्य र सभ्य रुपमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij